खाद्यसंस्थानको दशैप्याकेज, खसीवोका च्यांग्रा सस्तो मूल्यमा आजैवाट

खाद्यसंस्थानको दशैप्याकेज, खसीवोका च्यांग्रा सस्तो मूल्यमा आजैवाट

काठमाडौ । आजदेखि नेपाल खाद्य संस्थानल दशैंका लागि सहुलियतमा खसिकोका र च्याङग्रा बिक्री वितरण शुरु गर्दैछ ।

विभिन्न डिपोहरुमा संकलन गरि ल्याइएका खासिबोका र च्याङग्रा आजदेखि बिक्री वितरण शुरु गर्न लागिएको संस्थानका प्रबक्ता पवनकुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार संस्थानको थापाथलीमा रहेको बागमति अन्चल कार्यालयको खाद्य गोदामबाट बिक्री वितरण हुनेछ ।

दशैंलाई लक्षित गरेर संस्थानले एक हजार ५ सय खसिबोका र एक हजार ५ सय वटा नै च्याङग्रा बिक्री वितरण गर्दैछ ।

संस्थानले बिक्री गर्ने खसिबोका तथा च्याङग्राको मूल्य हिजो नै निर्धारण गरिसकेको छ ।

संस्थानले निर्धारण गरेको मुल्य अनुसार २५ केजीसम्मका खसी बोकालाई प्रति केजी ४ सय ४० रुपैयाँ, २५ केजि माथिकालाई प्रति केजी ४ सय ३५ रुपैयाँ पर्नेछ ।

यस्तै हिमाली भेगबाट संकलन गरी ल्याएका च्याङग्रा प्रतिकेजीको ६ सय ५० रुपैयाँ मुल्य निर्धारण गरिएको छ।

यस वर्ष भने गत वर्ष भन्दा खासी बोका र च्याङग्रा दुवैको मुल्य केहि महँगो पर्न गएको संस्थानले जनाएको छ ।