आज अन्तर्राष्ट्रिय अहिंसा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय अहिंसा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौ । आज आठौँ अन्तर्राष्ट्रिय अहिंसा दिवस । यस अवसरमा विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ ।

सन् २००७ मा संयुक्त राष्ट्रसङ्घ महासभामा सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा घोषणा गरेको हो । सन् २००८ देखि राष्ट्र सङ्घका सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन शुरु गरेका हुन् ।

यस वर्षको अहिंसा दिवसलाई वातावरण संरक्षणमा केन्द्रित गरिएको छ । शान्ति कायम गरि राख्न प्रकृतिको सम्मान गर्नै पर्ने भन्दै संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले यो वर्षको दिवसमा स्थिरता र पर्यावरणमा जोड दिईएकोमा आफूलाई खुशी लागेको बताएको छ ।

उनले जलवायू परिवर्तन सम्बन्धि पेरिस सम्झौताको अनुमोदन गर्ने प्रक्रिया पूरा गर्न, अहिंसाको माध्यमबाट सबैखाले प्रगति हासिल गर्ने प्रयास गर्न सके सुरक्षित, स्वस्थ र थप शान्तिपूर्ण विश्व बन्न सक्ने विश्वास व्यक्त गरेको छ ।

अहिंसा दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले बेलुकी ५ बजे बौद्ध स्तुपमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ ।