वर्ष चार, अनशन नवौंवाट उब्जिएका यक्ष प्रश्नहरु ?

वर्ष चार, अनशन नवौंवाट उब्जिएका यक्ष प्रश्नहरु ?

gobind-kcडा. गोविन्द्र केसीले २०६९ साल असार २१ गते पहिलो पटक सत्याग्रहको आन्दोलन शुरु गरी नवौं पटकको आन्दोलन चरण २०७३ असोज १० गते बाट शुरु गरेका छन् । डा. केसीको आन्दोलन ४ बर्षको समयमा पटक पटक गरी ५९ दिनको भोक हडतामा के उपलब्धि भयो ? यक्ष प्रश्नको घेरामा नवौं पटकको आन्दोलन परेको सहजै अनुमान गर्न सकिन्छ । डा. केसीले अनशन सुरु गरेको समय देखि आजसम्म पनि माग पुरा गर्न नसकिने अवस्था भएको हो कि ? डा. केसीको हठ देखिएको हो ? देशको हरेक क्षेत्रमा बेथीति विकृति विसंगति भएको कुरामा कसैको दुई मत छैन ।

डा. सावको अनशनको नवौं संस्करण यतिवेला चलिरहँदा सरकारी पक्षबाट कुनै चासो देखाएको छैन किन ? विगतका अनशनमा एकबद्धता जनाउने माननीय गगन थापा यतिवेला स्वास्थ्थ मन्त्रीको पदमा आसीन हुनुहुन्छ। वहाँले डा.साबका मागको सम्बोधन गर्न सक्नुहुन्छ वा सरकारको अरु संयन्त्रबाट मात्र मागको सम्बोधन सम्भव छ यस विषयको हेक्का स्वयम अनसन कर्तालाई होला नै। डा.सावको नवौं अनसनको माग ४ बुदाँमा समेटीएको छ ।

१. सरकार समक्ष चिकित्सा शिक्षा ऐन संशोधन २. अदुअआ प्रमुख लोकमान सिह कार्की र आयुक्त राजनारायण पाठक माथिको तत्काल महाभियोग ३. माथेमा आयोगको प्रतिवेदनको कार्यन्वयन । पटक पटकका सम्झौता र ४. अघिल्लो पटक भएको सम्झौताको कार्यन्वयनका विषयमा अनशन असोज १० गते ४ बजेबाट शुरु भएको छ। यो आलेख तयार हँुदासम्म सरकारी निकायबाट कुनै चासो र चिन्ता व्यक्त भएको छैन ।

डा. सावको अनशन बस्न पाउने नैसैर्गिक अधिकारलाई कसैले हनन गर्न सक्दैन तर वहाँले अनशन गरिरहने शिक्षण अपस्तालको बातावरण कस्तो होला ? त्रि. वि .शिक्षण अपस्ताल महाराजगन्जको अवस्था दिन दिनै खराव हुदै गएको छ । गरिव जनताको अस्पष्टताको रुपमा रहेको अस्पताल परिसरमा अनशन बसेर डा. साबले तमासा देखाएको ४ बर्ष भएछ । यस विचमा कति नागरिकले उपचार नपाएको अवस्थाका बारेमा डा. साब के भनुहुन्छ ? आज सरकारी वा निजि शिक्षण अस्पताल महँगो भएको कारण हजारौ विद्यार्थी भारत लगाएतका देशमा अध्ययन गर्न जाँदा लाखौ खर्च भएको र देशको ठुलो धनराशी विदेशिएकोमा तपाईको धारण के हो ? तपाई आन्दोलन गरी रहने अनि आपूm डाक्टर भएपछि अरुलाई डाक्टर बन्न नदिने कालो षणयन्त्रको व्यापक चर्चाको बारेमा तपाई किन बोल्नुहुन ? आज मेडिकल क्षेत्रमा नक्कली डा.को विषयमा तपाई किन मौन हुनुन्छ ?

नागरिकको ज्यान जाने काममा लागेका यस्ता डा. हरुको र तपाईको के सम्बन्ध छ ? तपाईले आत्मा समिक्षा गर्ने समय आएकोछ ८ पटकको अनशनले के उपलब्धि भयो ? कुनै संचार माध्यममा तपाईले नभन्नुलाई जनताले के बुझने ? समस्याको केहि पनि समाधान नहुने अनशनको श्रृृंखला किन र कहिले सम्म ? मनमोहन कलेजको सवालमा तपाईको उत्तेरजान देख्दा त्यो अस्पताल खुलेमा सम्बन्धन पाएमा देश नै खतम होला जसरी किन कोलाहल गरेको ? जनताले सहकारीको माध्यमबाट स्थापन गर्न खोजेको अस्पताल प्रति तपाईको धारणाले के अब काठमाडौंमा अस्पताल खोल्नु नपर्ने अवस्था आएको हो ? त्यसो हो भने घण्टौ लाइन लागेर नागरिकले उपचार गर्नु पर्ने बाध्यताको बारेमा तपाईको बिश्लेषण के हो ?

सरकारसंग पटक पटक भएका सम्भौताको कार्यान्वयन गर्नु पर्ने विषयमा सहमत हुँदाहँुदै पनि डा. साबको कडा हठ देख्दा उदेक लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की र आयुक्त राजनारायण पाठकलाई तत्काल महाभियोग लगाउनु पर्ने विषय उठान त गर्न पाइन्छ लोकतन्त्रमा तर व्यवस्थापिका संसदको अधिकार क्षेत्रमा डा. सबाले अनुचित दवाव दिन मिल्ने कि नमिल्ने ? व्यवस्थापिका संसद सार्वभौम संस्था माथिको प्रहार हो कि होइन ? अधिकार को दुरुपयोग भएको हो भने ठोस प्रमाण सहित न्यायालयमा प्रवेश गर्ने कि अनशन बस्ने ? विधिको शासनलाई मान्ने हो भने केही पनि कानुन भन्दा माथि छैन अत अनशन होइन कानुनी उपचारको बाटोमा जानु राम्रो होला ।

आइओएममा डिन नियुक्ति सरकारको कार्य क्षेत्र भएकोले यस विषयमा ध्यानार्षण गराउनु राम्रो हो त्यहि तपाई कार्यरत अस्पतालको बेथिति डिन नियुक्तिले मात्र हो कि अरु पनि केहि छन ? तपाई कार्यरत संस्था संचालन हुने ऐन कानुनलाई तपाईले कति पालन गर्नु भएको छ ? ४ बर्षको समयमा ५९ दिन कार्यालयमा काम गर्नु भएन अनि सो समयको तलब लिनु भयो कि लिनु भएन ? जनतालाई जानकारी दिन सक्नुहुन्छ ?

विधिको शासनलाई मान्ने हो भने नेपाल स्वास्थ्थ सेवा ऐन २०५३ (संशोधन २०६६) मा स्वास्थ्य सेवा सम्बन्धि कानुन रहेको छ । उसै ऐनको आधारमा डा. केसी पनि जागीरमा रहनु भएको होला यसै ऐनको परिधिका आधारमा नियुक्ति पदोन्नती लगायत भयो होला । यस ऐनको दफा ६१ ले प्रर्दशन र हडताल गर्न प्रतिबन्ध लगाइएको छ । दफा ६२ ले हडताल, थुनछेक तथा घेरा गर्नमा प्रतिबन्ध लगाएको सन्र्दभमा अस्पस्ताल हाता भित्रै अनशन बस्ने डा. साबलाई सरकारले के कार्यवाही गर्छ ? वा डाक्टरहरलाई यस ऐनले उन्मुत्ति दिएको छ ?

डा. साबको नवौं आन्दोलनको अन्त्य पनि केही दिन पछि कुनै नौलो तरीकाले अनशन तोडिने छ । अनि ठूला मिडिया हाउसले यति र उति उपलब्धि भएको चर्चा गर्ने छन् । फेरि केहि समय पछि १० औ संस्करणको अनशन हुनेछ ।