यात्रुको जीउधनको सुरक्षा गर्ने कर्तब्य राज्यको भएको भन्दै मन्त्रालयले निकाले बिज्ञप्ती

यात्रुको जीउधनको सुरक्षा गर्ने कर्तब्य राज्यको भएको भन्दै मन्त्रालयले निकाले बिज्ञप्ती

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वीपी राजमार्गको क्षमता बिपरित सवारी सञ्चालनको अनुमति नदिएको स्पष्ट पारेको छ ।

ministry-bhautikमन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गर्दै पहिलेको प्राविधिक अध्ययनका आधारमा हाल १८ सीट क्षमताका गाडीलाइ बाटोको इजाजत दिइएको जनाएको छ ।

बनेपाबाट सिन्धुली हुँदै बर्दिवास जाने सडकमा यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै १८ सिट क्षमता भएका सवारी साधनहरुलाई बाटो इजाजत दिने कार्यलाई निरन्तरता दिइने पनि बिज्ञप्तीमा उल्लेख छ ।

यो सडकमा संचालन गरिने सवारी साधनहरुका सम्बन्धमा मन्त्रालयबाट थप अध्ययन भइ प्रतिवेदन प्रस्तुत भएको र यस विषयमा थप गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुको जीउ धनको सुरक्षा गर्ने कर्तब्य राज्यको भएको भन्दै मन्त्रालयले जुनसुकै सवारी संचालनको अनुमति दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको दाबी गरेको छ ।

संचार माध्यमहरुमा बीपी राजमार्गको क्षमता बिपरित गाडी संचालनको अनुमति दिइएको भन्दै समाचार आएपछि मन्त्रालयले विज्ञप्ती जारी गरेको हो ।