उपन्यासकार कृष्ण विहलको रुप उपन्यास विमोचन

उपन्यासकार कृष्ण विहलको रुप उपन्यास विमोचन

काठमाडौ । काठमाडौमा आयोजित एक भव्य समारोहका वीच प्रेमको रंगीन संसारमा हराउनेहरुको निम्ति लेखिएको रुप नामक उपन्यासको लोकार्पण भएको छ ।

२७ बर्षअगाडि ललितपुर वडा नंबर ७ पिन्छेँ टोल निवासी उपन्यासकार कृष्ण विहल महर्जनद्वारा लिखित उपन्यास रुपले विमोचन पश्चात बल्ल असली रुप धारण गर्न पाएको हो।

नेपाली भाषाका प्रसिद्ध साहित्यकार तथा प्राध्यापक डा.अरुण गुप्तेव्दारा विमोचित उक्त रुप नामक उपन्यासमा अर्को उपन्यास मेरो भावना पनि बोनसमा पढ्न पाइन्छ। एउटै पुस्तकमा दुईटा उपन्यास प्रकाशित गर्ने नौलो आयाम थप्ने कार्य उपन्यासकार महर्जनवाट भएको छ।

उपन्यासकार महर्जनको उपन्यासमा प्रेम तथा अन्तरजातिय विवाह संवन्धमा विद्रोहको आगो दन्काएको पाइन्छ। जुन उपन्यासभित्र एकपछि अर्को गरेर घट्ने घटनाक्रमले कौतुहलता तथा थप रहस्यता थप्दै लाने गरेको पाइएको छ।

उपन्यासकार विहलको पाँच कृति प्रकाशनको तयारीमा रहेको छ। वि.सं.२०४४ सालतिर आफैले लेखेको हाँस्य नाटकमा अभिनय समेत गरेका महर्जन साहित्यलाई मनको बह तथा भावना पोख्ने माध्यमका रुपमा अनेकन तरिकाले प्रयोग गर्नमा व्यस्त छन्।