कञ्चनपुरमा नगरस्तरीय क्रिकेट प्रतियोगिता सुरु

कञ्चनपुरमा नगरस्तरीय क्रिकेट प्रतियोगिता सुरु

कञ्चनपुर सम्वाददाता । कञ्चनपुरको महाकाली नगरपालिकामा बुधबारदेखि नगरस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ।

साविकको चाँदनी गाविस कार्यालयको प्राङगणमा नगरस्तरीय क्रिकेट प्रतियोगिताको महाकाली नगरपालिकाका प्रमुख वीर बहादुर सुनारले एक कार्यक्रमकाबिच नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्धघाटन गरिएको हो।

महाकाली नगरपालिकाका प्रमुख सुनार प्रमुख अतिथि र गम्भिर सिंह भण्डारीको विशिष्ट आतिथ्यता कालिका युवा क्लवका अध्यक्ष प्रकाश सिंह साउदको सभापतित्वमा उद्धघाटन कार्यक्रम सम्पन्न भएको हो।

नगरस्तरीय क्रिकेट प्रतियोगिता कार्तिक ११ गतेसम्म चल्ने आयोजकले जनाएको छ । शुभ दीपावलीको अवसरमा संचालन गरिएको प्रतियोगितामा महाकाली नगरपालिकाका १९ टिम सहभागी रहेको आयोजक संस्थाले जनाएको छ ।

खेलमा प्रथम हुने टिमलाई रु. १५ हजार र द्धितिय हुने टिमलाई रु. ८ हजार नगर धनराशी तथा सम्मान तथा प्रमाण पत्रको ब्यवस्था रहेको आयोजक संस्था कालिका युवा क्लव कार्यक्रम संयोजक विशाल सिंह बिष्टले जानकारी दिए।

 

Share