हत्यारालाई कानूनी कठघरामा नल्याएसम्म आन्दोलन नरोकिने चेतावनी

हत्यारालाई कानूनी कठघरामा नल्याएसम्म आन्दोलन नरोकिने चेतावनी

काठमाडौ । नेपाल निर्माण व्यवसायी संघले अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई कानूनी कठघरामा नल्याएसम्म आन्दोलन नरोकिने बताएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा निर्माण व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष विष्णुभाई श्रेष्ठले गौचनलाई सरकारले तत्काल शहीद घोषणा माग गर्दै हत्यारालाई कानूनी कठघरामा नउभ्याएसम्म आन्दोलन नरोकिने बताए।

सरकारको अनुसन्धान शैली अनुसार निर्माण व्यवसायीले पनि आन्दोलनको रणनीति बनाउने निर्माण व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष श्रेष्ठको भनाई छ ।

गौचनको हत्यारा पत्ता नलागेसम्म चुप लागेर नबस्ने पनि श्रेष्ठले चेतावनी दिए । सरकारले निर्माण व्यवसायीलाई सुरक्षाको प्रत्याभुति दिलाउनु पर्नेमा जोड्दार माग राखेका थिए ।

Share