राई र पोखरेल मुख्यमन्त्रीमा नियुक्त, सपथ भोलि

राई र पोखरेल मुख्यमन्त्रीमा नियुक्त, सपथ भोलि

काठमाडौ । प्रदेश नम्बर-१ को मुख्यमन्त्रीमा एमालेका शेरधन राई नियुक्त भएको छ । राईलाई बुधवार मुख्यमन्त्री डाक्टर गोविन्द तुम्वाहाङले मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।

नवनियुक्त मुख्यमन्त्री राईले भोलि दिउँसो ३ बजे सपथग्रहण गर्ने कार्यक्रम तय भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि राईले सानो मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिए । पत्रकारहरुसँगको कुराकानीमा राईले बढीमा पाँच सदस्यीय मन्त्रिमण्डल बनाउने जानकारी दिए ।
भोलि विस्तार हुने मन्त्रीपरिषदमा माओवादी केन्द्रका मन्त्रीहरु समावेश हुने राईको भनाई छ ।

त्यस्तै प्रदेश ५ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता शंकर पोखरेल नियुक्त भएको छ । प्रदेश ५ का प्रमुख उमाकान्त झाले वाम गठबन्धनले पेश गरेको दाबी अनुसार पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो । पोखरेलको शपथ भोलि दिउँसो हुनेछ ।

Share