नगरपालिका केन्द्र सार्ने निहुँमा २१ राउण्ड गोली चल्यो

नगरपालिका केन्द्र सार्ने निहुँमा २१ राउण्ड गोली चल्यो

काठमाडौ । रौतहटको बृन्दावन नगरपालिकाको केन्द्र सार्ने बिषयमा बिवाद हुँदा गोली चलेको छ । विश्रामपुरमा रहेको नगरपालिका कार्यालयको केन्द्र सार्न लागिएको भन्दै बामगठबन्धन पक्षले बिरोध गरेपछि प्रहरीले गोली चलाएको हो ।

स्थानीयवासीले कार्यालय तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । सशस्त्र प्रहरीले १७ र नेपाल प्रहरीले ४ राउण्ड गरी २१ राउण्ड अश्रु ग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन केही राउण्ड हावाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक तथा प्रबक्ता राम कुमार दानीले जानकारी दिए ।

अहिले बिश्रामपुर क्षेत्र तनाब ग्रस्त छ । बाहिर विरोध भैरहँदा अस्पतालको हलमा कार्यपालिकाको बैठक बसिरहेको छ । उपयुक्त ठाउँमा नगरपालिकाको भवन बनाउन जग्गा खरिद गर्ने निर्णय बहुमतले गरेको नगर प्रमुख रामस्नेही यादबले जानकारी दिए ।

Share