भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी साधुसन्तलाई बिदाई

भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी साधुसन्तलाई बिदाई

काठमाडौ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि काठमाडौ आएका साधुसन्तलाई बुधवार बिदाई गरिएको छ।

शिवरात्रिमा विभिन्न स्थानबाट भक्तपुरको डोलेश्वर मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाई गरिएको हो।

झण्डै ५ सय मध्ये ३ सय साधुसन्तहरु बिदाई कार्यक्रममा सहभागी भएको र बाँकी साधुसन्त बिदाई कार्यक्रममा सहभागी नभई फर्केको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतले जानकारी दिए।

Share