शारदा नदी किनारमा विद्यार्थीको सव

शारदा नदी किनारमा विद्यार्थीको सव

– मनिषा राई
फाल्गुन २, सल्यान ।

रोल्पाका एक विद्यार्थी सल्यानमा मृत अवस्थामा फेला परेका छन् । बुधवार बिहान बागचौर नगरपालिका वडा नम्बर २ थारमारे नजिकैको शारदा नदीमा उक्त विद्यार्थीको सव फेला परेको हो ।

मृत अवस्थामा भेटिएका विद्यार्थी रोल्पा दुई खोली गाउपालिका वडा ५ पाछाबाङ घर भई हाल थारमारेको जनकल्यान माविमा कक्षा १२ मा अध्यनरत सन्देश बुढाथोकी रहेको प्रहरीले बताएको छ ।

सव संकास्पद रहेको र घटनाको बारेमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय थारमारेले जानकारी दिएको छ ।

Share