त्यागपूर्ण पवित्र प्रेम दिवस मनाउँदै

त्यागपूर्ण पवित्र प्रेम दिवस मनाउँदै

काठमाडौ । आज फेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस पश्चिमाहरुको सिको गर्दै नेपालमा पनि मनाइदैछ । इटालीका पादरी सेन्ट भ्यालेन्टाइनलाई १४ फेब्रुअरी २७० इस्वीमा रोमका सम्राट क्लाडियसको आदेशमा मृत्युदण्ड दिइएको थियो ।

उनै पादरी सेन्ट भ्यालेन्टाइनको समझनामा भ्यालेन्टाइन डे दिवस अर्थात प्रेम दिवस मनाइने गरिएको हो । यस वर्षको प्रणय दिवस भ्यालेन्टाइन डे का लागि भारतबाट करिब एक करोड मूल्य बराबरको गुलाबका फूल आयात भएको छ ।

Share