एनसेल टावरमा बम विस्फोट

एनसेल टावरमा बम विस्फोट

– मनिषा राई
फाल्गुन १, रोल्पा ।

रोल्पामा सोमबार राति बम विस्फोट भएको छ । जनयुद्ध दिवसको पूर्व सन्ध्यामा माडी गाउँपालिका वडा नम्बर ६ कोर्चाबाङ मिनाहीमा रहेको एनसेलको टावरमा राति करिव १२ बजे विस्फोट भएको प्रहरीले जनाएको छ ।

बम विस्फोटबाट टावर संचालनका लागि ब्याट्री लगायतका सामाग्री राखिएको स्थान ध्वस्त भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार विष्फोटबाट टावरमा क्षति पुगे पनि टावरले काम गरिरहेको स्थानियले बताएका छन् ।

स्थानीयबासीका अनुसार मध्यरातमा विष्फोटको ठूलो आवाज सुनिएको थियो । विष्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन। उक्त बम विष्फोट घटना बारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

फागुन १ मा जनयुद्ध दिवस मनाउनु पूर्व विप्लव नेतृत्वको नेकपाले घटना घटाएको हुन सक्ने सुरक्षा निकायको अनुमान छ ।

Share