नागा बाबाको नाङ्गे नाँच विरुद्ध सर्वोच्चमा रिट

नागा बाबाको नाङ्गे नाँच विरुद्ध सर्वोच्चमा रिट

– दिपक कुमार बिष्ट

काठमाण्डौं। हिन्दुधर्मावलम्बीहरुको अत्यन्तै पवित्र पाशुपतक्षेत्रमा नागा (नाङ्गे) बाबाको चर्तिकला प्रदर्शन उपर सर्वोच्च अदालतमा रिट परेको छ।

महाशिवरात्रीपर्वको अवसरमा पशुपतिक्षेत्रभित्रका शिवालयहरुमा सयौं नागा वावाहरुको अलौकिक नाङ्गो चर्तिकला कर्मले आम महिलावर्ग लगाएत बालबालिकामाथि यौनहिंसा गरि मनोवैज्ञानिक हिसाबले गम्भिर असर पर्ने भएको हुँदा यस्ता क्रियाकलापमा तुरुन्त रोक लगाउन माग गर्दै कानूनविद् तथा अधिवक्ता यज्ञमणी न्यौपानेले रिट दर्ता गरेको हो ।

सोही क्रियाकलाप विरुद्ध परेको रिटमा प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र पशुपति क्षेत्रविकास कोष लगायतलाई विपक्षी बनाइएको छ। यसै अवसरमा भाङ धतुरो, गाँजा चरेस जस्ता लागूपदार्थजन्य सेवन गरेका खरानी घसेका नाङ्गा मानिसहरु बोलाई शिवभक्त महिला बालबालिकामाथि ति खरानी सहितको नाङगा लिङगका खरानीको टिका लगाइदिने, लिङ्ग देखाइने विभिन्न अश्लिल लिङ्गे क्रियाकलापले कानून विपरित भएको रिट निवेदनमा उल्लेख गरिएको छ ।

शिवरात्रीकै अवसरमा शिवालयहरुमा नागा वावाहरुलाई नाङगै हिडडुल गर्न, लिङगको खरानी दल्ने तथा दलिदिने लगायतका कार्य नगर्नु नगराउनु, धार्मिक पर्वका नाममा अश्लिलताको प्रदर्शनको लागि नेपाली रकम खर्चेर सीमापारबाट नाङगा वावाहरु ल्याउने कार्य बन्द गराउन चर्को माग समेत गरिएको छ।

नागा वावाहरुलाई अश्लिल रुपमा लिंग खुल्ला राख्न नदिनु अथवा खुल्ला राखी बस्न नदिनु, नवसाउनु र महिला तथा बालबालिकाहरु समेतलाई लिङग छुवाउने, पूजा गराउने र लिंग प्रदर्शन गराउने जस्ता अनैतिक र अधर्मी कार्यलाई अविलम्ब बन्द गराई कानून बमोजिमको हदैसम्मको कारवाही गराउन रिटमा माग दाबी गरिएको छ ।

Share