साक्षर रसुवा जिल्ला घोषणा

साक्षर रसुवा जिल्ला घोषणा

रसुवा । सरकारी नीतिबमोजिम रसुवा जिल्लालाई साक्षर जिल्ला घोषणा गरेको छ । रसुवा जिल्लाबाट प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य मोहन आचार्यले सोमवार साक्षर जिल्ला घोषणा गरेको हो ।

पाँच गाउँपालिका रहेको जिल्लामा साक्षर हुनेमा १५ देखि ६० वर्ष उमेरभित्रका रहेका छन् । जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेका अनुसार ९६.२९ प्रतिशत जनता साक्षर छन् ।

घोषणा कार्यक्रम समारोहमा बोल्दै प्रदेशसभाका सदस्य प्रेम तामाङ तथा गाउँपालिकाका अध्यक्ष कालिकाका सीता अधिकारी, गोसाइँकुण्डका कैसाङनुर्पु तामाङ र उत्तरगयाका उपेन्द्र लम्सालले भावी सन्ततीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नमा जोड दिदै सबै अभिभावकहरुलाई हार्दिक आग्रह गरेका थिए।

Share