योण्डर म्यूजिक ब्राण्ड प्रबर्द्धकमा नग्मा श्रेष्ठ

योण्डर म्यूजिक ब्राण्ड प्रबर्द्धकमा नग्मा श्रेष्ठ

काठमाडौं । मिस युनिभर्समा पेजेन्टमा प्रतिष्पर्धा गर्ने नेपालकी पहिलो मिस नेपाल नग्मा श्रेष्ठ तत्कालै लागू हुने गरी नेपालको नम्बर एक म्यूजिक स्ट्रिमिंग एप्लिेकशन योण्डर म्यूजिकको ब्राण्ड प्रबर्द्धकको रुपमा चुनिएकी छिन् ।

योण्डर म्यूजिकले श्रेष्ठको व्यक्तित्व र पे्ररणादायी जीवनलार्इ विश्वव्यापी संगीतप्रतिको मायासँग मेल खाने गरी एनसेल नेटवर्कमा स्मार्ट फोनबाट सुन्न सकिने गीत संगीत प्रवद्र्धन गर्न राष्ट्रिय प्रबर्द्धनात्मक कार्यक्रमहरुमा समावेश गराउनेछ ।

टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा धेरै वर्ष काम गरेकी नग्माको सधैं नै संगीत, फिट्नेस र फेशनप्रति लगाव छ । काठमाडौंमै जन्मे हुर्केकी नग्माले सन् २०१२ मा नेपाललाई फिलिपिन्समा आयोजित मिस अर्थ पेजेन्टमा प्रतिनिधित्व समेत गरेकी थिइन् ।

मिस अर्थ पेजेन्टमा शिर्ष आठमा पर्न सफल भएकी श्रेष्ठ अन्तर्राष्ट्रिय पेजेन्टको फाइनलसम्म पुग्ने नेपालकै पहिलो सुन्दरी हुन् । साथै चाइनामा आयोजित वल्र्ड मिस युनिभर्सिटी पेजेन्ट २०१६ मा पनि थर्ड रनर अप भएकी थिइन् ।

त्यस्तै श्रेष्ठ इजिप्टमा आयोजित मिस इको युनिभर्र्स २०१६ पेजेन्टको बेस्ट टुरिज्म भिडियो अवार्डकी पनि विजेता हुन् । गएको वर्ष अमेरिकामा आयोजित मिस युनिभर्स पेजेन्ट २०१७ मा नेपालको प्रतिनिधित्व समेत गरेकी थिइन् ।

फिटनेस, फेशन, डान्स र यात्रामा पनि उत्तिकै रुची राख्छिन् । श्रेष्ठले बालबालिका तथा महिला स्वास्थ्य र वातावरण सम्बन्धी काम गर्ने विभिन्न सामाजिक संस्थाहरुको पनि सदभावना राजदूतको रुपमा पनि कार्य गरिसकेकी छिन् ।

“नग्मा श्रेष्ठ एक प्रतिभावान नेपाली नारी हुन् । आफ्नो धरातलमा रही सम्पूर्ण नेपाली महिलाको असाधारण सुन्दरता र बौद्घिकतालाई विश्व मञ्चमा प्रतिनिधित्व गर्न पाउँदा गर्विलो महशुस गर्छिन् । सबैभन्दा महत्वपूर्ण त उनले आफू नेपाली युवाहरुको प्रतिनिधिको रुपमा के गर्न सकिन्छ भने जिम्मेवारी बुझेकी छिन्,” योण्डर म्यूजिक एशियाका अध्यक्ष एडियन ब्रुटनले भने ।

अध्यक्ष ब्रुटनका अनुसार योण्डर म्यूजिक नेपालको लागि नग्मा श्रेष्ठ एकदमै उत्कृष्ट रोजाईमा पर्छिन् । “नग्मा श्रेष्ठ एकदमै उपयुक्त रोजाई हुन्।

एकदमै प्रतिभावान, गतिशील र सबैको राम्रो सोच्ने नेपाली हुन् श्रेष्ठ । एकदम स्फूर्तिकासाथ आफ्नो व्यस्त जीवन जिउँछिन् र संगीतले पनि उनको जीवनमा ठूलो भूमिका खेल्छ, र योण्डर म्युजिक पनि लाइफस्टाइल प्रोडक्ट नै हो ।

हामीसँग स्थानीय नेपाली संगीतदेखि नयाँ बलिउड गीतहरु र अन्तर्राष्ट्रिय चार्ट टपरहरु पनि छन्, र योण्डर म्यूजिकको लागि श्रेष्ठको व्यक्तित्व एकदमै सुहाउँदो छ।

“म एकदमै उत्साहित छु, श्रेष्ठले भनिन् । संगीत सर्जकलाई पनि आफ्नो कामको उपयुक्त रोयल्टी प्रदान गरी संगीतलाई सर्वसुलभ बनाउने (प्रजातान्त्रिकरण गर्ने) योण्डर म्यूजिकको लक्ष्यले नेपालको संगीत क्षेत्रलाई पनि परिवर्तन गर्न सक्छ । र यस्तो अभियानमा सहकार्य गर्न पाउँदा म एकदमै हर्षित छु । यो एप एकदमै गज्जब छ,” उनले उत्साहित हुँदै भनिन् ।

योण्डर म्यूजिक विशेषता र महत्व

अमेरिकामा अवस्थित योण्डर म्यूजिक इंकको भातृ कम्पनी योण्डर म्यूजिक बंगलादेशको अग्रणी डिजिटल म्यूजिक सेवा प्रदायक हो । यसको बोल्ड, उत्कृष्ट फिचर र मोडुलर युजर एक्सपिरियन्सले प्रयोगकर्तालाई दिन्छ व्यक्तिगत रुपमा स्थानीय, क्षेत्रिय वा अन्तर्राष्ट्रिय संगीतहरुको २ करोडभन्दा पनि बढीको भण्डारबाट स्ट्रि«म गर्ने, शेयर गर्ने र गाउने सुविधा, त्यो पनि बिना कुनै विज्ञापन र शुल्क ।

योण्डर म्यूजिकले संगीतको व्यवसायलाई सर्वसुलभ बनाउन (जनतन्त्रीय बनाउन) र प्रयोगकर्तालाई संसारभरिको संगीत उपलब्ध गराउन संगीतको लागि उपभोक्ताले तिर्नु पर्ने पैसालाई योण्डर म्यूजिकको लाइसेन्स खरिद गर्ने मोबाइल नेटवर्क तथा संगीत वितरण गर्ने ंमाध्यमबाट दिने व्यवस्था मिलाएको छ।

यस लाइसेन्स शुल्कलाई मिलाएर र सो संगीत बजेको आधारमा कलाकार र संगीतकारहरुमाझ पुर्याइन्छ । योण्डर म्यूजिकको ट्याग लाइन हियर फरएभर हो जसको अर्थ हुन्छ यो स्थानीय बजारमा आफ्नो उपस्थिति बनाई, स्थानीय र अन्तर्राष्ट्रिय संगीतकर्मीहरुबीच सहकार्य गराई प्रत्यक्ष कन्सर्ट गराउने र इनलाइन वा अफलाइन सहभागिता बढाउने हो ।

योण्डरको उद्देश्य भनेकै आफ्ना प्रयोकर्तालाई सबैभन्दा उत्कृष्ट सेवा दिएर योण्डर म्यूजिकलाई प्रयोकर्ताहरुको जीवनको एउटा प्रमुख अंग बनाउने हो।

योण्डर म्यूजिक सन् २०१६ मा मलेशियामा सुरु भएको थियो भने यसको ४० लाख भन्दा बढी प्रयोगकर्ता, र मलेसिया, इण्डोनेशिया, श्रीलंका, नेपाल, मालदिभ्स् र बंगलादेशमा गरी १० लाख मासिक एक्टिभ प्रयोगकर्ता छन् ।

मेटालिका, रेड हट चिल्लिपेपर्स, ब्ल्याक आइड पिज र म्यूज जस्ता ब्याण्डका प्रसिद्ध म्यानेजर क्लिफ बर्नस्टाइन र योण्डरका संस्थापक एडम किड्रनको “अपर्चुनिटिज फण्ड” एडम प्लस योण्डरका लगानीकर्ता हुन् ।

Share