अझै पनि ढिके नुनको प्रयोगमा कमी आएन

अझै पनि ढिके नुनको प्रयोगमा कमी आएन

काठमाडौ । चितवनको पहाडी क्षेत्रका स्थानीयले अझै पनि ढिके नुनको प्रयोग गर्दै आएका छन् । आयोडिन युक्त नुनको प्रयोगमा जोड दिएपनि पहाडी इलाकामा बस्ने चेपाङ समुदायमा उचित चेतना नपुग्दा ढिके नुनको प्रयोग भैरहेको हो ।

फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउने कार्यक्रम अन्तरगत चितवनमा पनि आयोडिनयुक्त नुनको प्रयोगमा जोड दिंदै चेतनामूलक कार्यक्रम भैरहेका छन्।

पहाडी क्षेत्रमा अझै आयोडिनयुक्त नुनको प्रयोग कम हुने गरेकाले त्यसलाई केन्द्रित गर्दै साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड चितवनले गाउँ केन्द्रित र सर्वसाधारणमा केन्द्रित कार्यक्रम सञ्चालन गरेको शाखा प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए ।

Share