१० अर्ब ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर

१० अर्ब ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौ । एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ।

बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति १० करोड बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ।

अर्थमन्त्रालयमा आज आयोजित एक कार्यक्रममा ऋण तथा अनुदान सहयोग सम्बन्धी सम्झौतापत्रमा एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदाख्नोभ र अर्थ सचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गरेको हो ।

परियोजना अन्तर्गत मुलुकका विभिन्न १६ जिल्लाका ३ सय ८८ किलोमिटर ग्रामीण सडक १२ महिना सञ्चालन गर्न योग्य बनाइने छ।

परियोजनाबाट ७५ लाख ग्रामीण जनतालाई कृषि सडकसम्म पहुँच विस्तार हुनेछ भने व्यावसायिक कृषि, उत्पादकत्व वृद्धि, ग्रामीण भेगमा रोजगारीका अवसर सिर्जना र नेपालीको समृद्धिमा सघाउ पुग्नेछ ।

Share