RW संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता नेपालमा

RW संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता नेपालमा

काठमाडौ । आगामी फागुन १८ गते पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरु सहित RW संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता हुने भएको छ।

आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल रिङ रेस्लिङ संघले RW संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिताको आयोजना गर्न लागेको सार्वजनिक गरेको हो।

संघले गत बैशाख ४ गते काठमाडौंमा पहिलो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ च्याम्पियनसिपको आयोजना गरेको थियो भने पर्यटकीय नगरी पोखरामा फागुन १८-२१ मा नेपाल भारत मैत्रिपूर्ण प्रतियोगिता र २०७४ साल कात्र्तिक २५ गते दोश्रो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ च्याम्पियनसिप काठमाण्डौ र ईटहरीमा सम्पन्न गरिसकेका छन् ।

खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको अभ्यास दिनका लागि हाल अमेरिकन प्रशिक्षक जिजस मालकीबाट तालिम दिने व्यवस्था मिलाएको समेत नेपाल रिङ रेस्लिङ संघका महासचिव सुवर्ण श्रेष्ठले वताए ।

डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रा. लि. को ब्यबस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजकत्वमा रेस्लिङ प्रतियोगिता गर्न लागेको हो।

पोखरामा हुने सो प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिसहोम एक्सन स्पोर्टस टिभिले गर्ने छ । नेपाली दर्शकहरुले डिसहोम एक्सन स्पोर्टस टिभिमार्फत अन्तर्राष्ट्रियस्तरको रेस्लिङको मज्जा नेपालमै लिन पाउने भएको छ ।

नेपाल रिङ रेस्लिङ संघका महासचिब श्रेष्ठका अनुसार पोखराको दशरथ रगंशाला परिसरमा होलीको अवसरमा फागुन १८ गते हुने च्ध् संग्राम मा ४ देशका खेलाडीहरुको सहभागिता रहनेछ ।

नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याडले प्रतिष्पर्धा गर्नेछन् भने अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलले पोखरेली दर्शकलाई मनोरञ्जन दिने छन् ।

आकर्षणका रुपमा महिला रेस्लरहरु रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छिन् । त्यस्तैगरि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरु पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के. सी. र प्रदिप पाण्डेले संचालन गर्ने छन् ।

प्रतियोगितामा कमेन्टेटर मा नेपालका प्रशिद्घ ¥यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्स को जोडी रहनेछ भने उदघोषण कलाकार कबिता गेलाल शर्माले गर्नेछिन्।

Share