मृगौला पिडित जलजलालाई सहयोग रकम हस्तान्तरण

मृगौला पिडित जलजलालाई सहयोग रकम हस्तान्तरण

भोजराज कार्की
माघ २८, २०७४ ।

सोलुखुम्बु  । मृगौला पिडित गायिका जलजला परियारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । सोलुखुम्बुका दुईवटा सामाजिक संस्थाले संकलन गरेको रु. ५५ हजार २ सय ५० पिडित परियारलाई शुक्रबार प्रदान गरिएको हो ।

सोलुखुम्बुमा संकलन गरिएको उक्त सहयोग रकम शुक्रबार शिक्षण अस्पताल काठमाडौमा प्रादन गरिएको हो । दलित समुदायको तर्फबाट पहिलो सगरमाथा आरोही बिजय घिमिरे विश्वकर्मा संस्था नेपाल जिल्ला शाखा सोलुखुम्बु र लौरेश्वर दलित युवा समाज तिङ्लाले संयुक्त रुपमा संकलन गरेको सहयोग रकम जलजलाको परिवारलाई हस्तान्तरण गरिएको विजय घिमिरे सस्था नेपाल शाखा सोलुखुम्बुका संरक्षक विजय घिमिरेले जानकारी दिए।

सहयोग रकम बुझ्दै जलजलाकी बुवा नारायण बहादुर दर्जीले खुशी ब्यक्त गर्दै आफ्नो छोरीको ज्यान बचाउन सहयोग गर्नु हुने सोलुखुम्बुबासी सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरे ।

अर्घखाँचीको भुमिकास्थान नगरपालिका २ धाकाबाङमा जन्मिएकी २१ बर्षिया कलाकार जलजला परियारको दुवै मृगौला फेल भएपछि अहिले शिक्षण अस्पताल महारजगञ्जमा उपचार भईरहेको छ । कलाकार परियारको उपचारको लागि २५ लाख भन्दा बढी रकम आवश्यक पर्ने भएपछि सहयोगको याचना गरिएको छ ।

परियार नेपाली तारा सिजन तीनको उत्कृष्ट चारमा पर्न सफल भएको थियो । अस्पतालमा उपचारार्थ परियार रविन्द्र भारती युनिभर्सिटी कलकत्तामा शास्त्रीय संगीतमा विधामा स्नातक दोस्रो वर्षमा अध्ययनरत रहेकी छिन् ।

Share