सिरियामाथि अहिलेसम्मकै ठ्रूलो हवाई आक्रमण

सिरियामाथि अहिलेसम्मकै ठ्रूलो हवाई आक्रमण

इजरायलले सिरियामा अहिलेसम्मकै ठ्रूलो हवाई आक्रमण गरेको छ । इजरायली सेनाले ३० वर्षयताकै सबैभन्दा ठूलो हवाई आक्रमण गरिएको जनाएको छ।

सिरियाले हिजो गोली हानी इजरायलको लडाकु विमान खसालेपछि इजरायलले हमला शुरु गरेको बीबीसीले जनाएको छ । पछिल्ला आक्रमण सन् १९८२ मा लेबनन् युद्धका बेला भएको हमलापछिको सबैभन्दा महत्वपूर्ण भएको इजरालको हवाई सुरक्षा फौजका वरिष्ठ अधिकारी टोमर बारले बताएको छ।

हिजो सिरियाले गोली हानी इजरायलको एफ सिक्सीटिन लडाकु बिमान खसालेको थियो । उत्तरी इजरायलमा विमान खस्नु अघि नै दुई पाइलटले प्यारासुट मार्फत ज्यान बचाएका थिए ।

इजरायली प्रतिपक्षा बल आइडिएफका प्रवक्ता जोनाथन कनरिकसले दमास्कस नजिकैका सैन्य अखडामा आक्रमण गरिएको बताभएको छ।

सिरिया र इजरायलबीचको पछिल्लो युद्ध प्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन । अमेरिका र रुसले सीमाक्षेत्रमा भएको हिंसाप्रति आफ्नो देश चिन्तित रहेको जनाएका छन ।

Share