ओली र प्रचण्डबीच वान टु वान वार्ता

ओली र प्रचण्डबीच वान टु वान वार्ता

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज एक्लाएक्लै वार्ता हुँदैछ।

एमाले स्थायी कमिटीको बैठक सकिए लगत्तै ओली र प्रचण्डबीच वान टु वान वार्ता हुने एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

ओली र प्रचण्डबीच पार्टी एकताका लागि शक्ति बाँडफाँडमै कुरा नमिलेपछि पार्टी एकताका लागि बनेको पार्टी एकता संयोजन समितिको बैठक समेत बस्न सकेको छैन।

ओली र प्रचण्डबीच सहमति भएपछि एकता संयोजन समितिको बैठक बसेर टुङ्गो लगाउने तयारी भएको छ । पार्टी एकता संयोजन समितिको बैठकका लागि ओली र प्रचण्डबीच आज हुने वान टु वान वार्ताले निर्देशन दिने नेताहरुले वताएका छन् ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री र अध्यक्ष आफू नै हुने बताएपछि दुई दलबीचको दुरी बढेको छ ।

Share