लाभिज व्यूटी लञ्जको शाखा विस्तार

लाभिज व्यूटी लञ्जको शाखा विस्तार

काठमाडौ । काठमाडौको न्यूरोडस्थित लाभिज व्यूटी लञ्ज एण्ड ट्रेनिङ सेन्टरले व्यूटी थेरापीको इतिहासमा अग्रणी संस्थाको रुपमा भूमिका निर्वाह गर्दै आएको छ।

लाभिज व्यूटी लञ्ज एण्ड ट्रेनिङ सेन्टर न्यूरोड मूख्यशाखाको अथक परिश्रम र अपार सफलता पश्चात काठमाडौकै अर्को व्यस्त सहर बौद्धमा शाखा विस्तार गर्न सफल भएको हो।

गत सोमवार मात्र एक विशेष कार्यक्रमको आयोजना गरि व्यूटी एक्पर्टस्, समाजसेवी र विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा लाभिज व्यूटी लञ्ज एण्ड ट्रेनिङ सेन्टर शाखाको उद्घाटन गरिएको हो ।

सेन्टरका प्रवन्ध निर्देशक तथा व्यूटी एक्सपर्ट लक्ष्मी थापाले विश्वको अन्तर्राष्ट्रिय वजारीकेन्द्र दुबई (युएइ) वाट ट्रेन्ड एण्ड व्यूटी संवन्धी स्पेशलिष्ट गरेर नेपालमा व्यूटी थेरापीको व्यवसायको शुरुवात् गरेकी गरेकी हुन्।

अरुभन्दा सधै एक कदम अगाडि र फरक ढंगमा संचालनमा आएको लाभिज व्यूटी लञ्जमा विशेषत सेमी परमानेन्ट मेकअपको अलावा व्यूूटी संवन्धी हरेक नयाँ थेरापीले सुविधायुक्त छन्।

अब बौद्धमा शाखा विस्तार लगतै लाभिज व्यूटी लञ्ज एण्ड ट्रेनिङ सेन्टरले यस क्षेत्रकै स्ट्याण्डर्ड मापदण्ड अनुसारको ट्रेनिङको शुरुवात गरिने संस्थाका प्रवन्ध निर्देशक तथा व्यूटी एक्सपर्ट लक्ष्मी थापाले वताइन् ।

Share