अब देशमा बामपन्थी स्थायी सरकार बन्छ : महरा

अब देशमा बामपन्थी स्थायी सरकार बन्छ : महरा

– मनिषा राई
माघ २७, रोल्पा ।

नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता कृष्णबहादुर महराले फागुनको दोस्रो सातासम्म बाम एकताको सरकार बनि सक्ने बताउँदै अब देशमा स्थायी सरकार हुने भएकोले देश सम्बृद्ध बन्ने बताएको छ । बाम पार्टीलाई सरकार मात्रै होइन पार्टी एकता गर भन्ने जनादेश समेत दिएकोले अब बाम एकता अनिवार्य हुने बताएको हो ।

शुक्रकार रोल्पाको धबाङमा उत्पादित धबाङ खोला लघु जलविद्युतको उद्घाटन कार्यक्रममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा महराले यस्तो बताएको हो।

पूर्व उप-प्रधानमन्त्री महराले विकासका लागि सबै एक ढिक्का भएर अगाडि बढेमा मात्रै राज्यले गरेको लगानीले सार्थक पाउने र गाउँको विकास हुने भन्दै राजनीति, विचार लगायतमा अलग–अलग भएपनि विकासमा सबैलाई एक हुन अनुरोध गरे ।

अब राजनीतिक क्रान्तिको यात्रा केही हदलाई पूरा भएकोले अब आर्थिक क्रान्ति र सम्बृद्धको यात्रामा पूरै नेपाललाई अगाडि बढाउनु पर्ने भन्दै आफ्नो जिम्मेवारी देश विकासमा अघि बढाउने रहेको महराको भनाई थियो ।

महराले रोल्पाको धबाङ युद्धकालमा सुरक्षित गाउँ भएकोले आफूले परिवारहरुसँग भेटघाट गर्ने गरेको स्मरण गर्दै भने “धबाङ सुरक्षित गाउँ भएकाले मैले परिवारसँंग भेटघाट गरेको थिएँ, यसै गाउँमा २०४८ सालमा क. प्रचण्ड आएर प्रशिक्षण दिनुभयो हामी आज यो स्तरमा आएका छौँ, यो गाउँबासीको युद्धमा महत्वपूर्ण योगदान रहेको छ हामी विकास गर्नमा हरदम तयार छौँ ।”

रोल्पाबाट राजनीतिक जीवन शुरु गरी लामो समय रोल्पालाई कर्मथलो बनाउँदै हाल दाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका महराले आफू दाङबाट निर्वाचित भएपनि रोल्पाको विकासका लागि सधै लाग्ने बताए ।

आफू र रोल्पाको नातालाई भावात्मकरुपमा अभिब्यक्ति दिदै उनले भने “म रोल्पाली हुँ रोल्पामै राजनीतिक जीवन शुरुवात गर्दै लामो समय काम गरे, हाल केन्द्रीय भूमिका निर्वांह गरिरहेको छु, रोल्पा मेरो जन्म र कर्म थलो हो म दाङबाट विजयी भए पनि रोल्पाको विकासमा निरन्तर लागि रहेने छु।”

सभामा बोल्दै महराले थपे “रोल्पा जिल्लामा मेरा राजनीति विद्यार्थी वर्षमान पुनमगर, कुलप्रसाद केसी, दिपेन्द्र पुनमगर निर्वाचित हुनुभएको छ उहाँहरुलाई निरन्तर सहयोग गर्दछु।”

आफू अर्थमन्त्री हुँदा करिव ३ अर्ब बजेट रोल्पालाई छुट्याएको बताउँदै अब रोल्पाको सम्बृद्धि र विकासका लागि फेरी एक पटक सबै अगाडि बढ्नु पर्ने बताए । विद्युतमा पनि १० लाख सहयोग गरेको त्यसले सार्थकता पाएकोमा खुशी व्यक्त गरेका थिए ।

Share