अब बन्ने भो ५० शैयाको रोल्पा जिल्ला अस्पताल

अब बन्ने भो ५० शैयाको रोल्पा जिल्ला अस्पताल

– मनिषा राई
माघ २६, रोल्पा । १५ सैयाको जिल्ला अस्पताल रोल्पा अव ५० सैयाको बन्ने भएको छ । अस्पतालको स्तरबृद्धि गरी ५० सैयाको बनाउन भवन निर्माण कार्य शुरु भएको छ।

कूल २९ करोड ५१ लाख २२ हजारको लागतमा निर्माण हुने अस्पतालको भवन २०७७ असोज २९ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी आशिष श्री जयन्ति ड्राइगन जेभि काठमाडौँले जिम्मा लिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा.तेजेन्द्र साउदले जानकारी दिए ।

जिल्ला अस्पताल रोल्पा अव ५० सैयाको भएपछि कहिले डाक्टर नहुने र कहिले अस्पतालमा बेडको अभाव हुने समस्या हट्ने भएको छ । जिल्ला अस्पतालको स्तर बृद्धि हुँदा बिशेषज्ञ डाक्टरहरुको दरबन्दी पनि थपिने अस्पताल प्रशासनले जनाएको छ ।

बिशेषज्ञ डाक्टरहरुबाट जटिल किसिमका बिरामीहरुको पनि जिल्लामै उपचार हुने भएपछि समय र पैसाको बचत हुने भन्दै स्थानियहरु खुशी भएका छन्।

भवनको अभावमा जिर्ण भवनबाट सेवा दिइरहेको जिल्ला अस्पताल रोल्पाले अव भने नयाँ भवनबाट स्तरीय सेवा दिने निश्चित भएको छ।

भवन निर्माण कार्य शुरु भइसकेकाले सम्झौता अनुसार समयमै सम्पन्न भए त्यहाँका सेवाग्राहीहरु लाभान्वित हुने जिल्ला अस्पताल रोल्पाका सिनियर अहेव कुल बहादुर डागीले जानकारी दिए ।

Share