सरकार गठन र पार्टी एकताका विषयमा छलफल

सरकार गठन र पार्टी एकताका विषयमा छलफल

काठमाडौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शुक्रवार बस्दैछ । एकता प्रकृया भंग हुन लागेका भनाईहरु आइरहँदा हिजो गोप्य वार्ता गरेका दुवै पार्टी अध्यक्ष रहेको एकता संयोजन समितिको बैठक शुक्रवार बस्न लागेको हो ।

बैठक विहिवार नै बस्ने भनिएपनि पार्टी अध्यक्षहरुबिचको छलफल लम्बिएका कारण शुक्रवार बस्ने तय भएको हो । बैठकको समय भने तय भइनसकेको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

संयोजन समितिको बैठकले पार्टी एकताका सम्बन्धमा हालसम्म भएका प्रगति तथा भावी कार्य योजनाका विषयमा समीक्षा गर्दै थप रोडम्याप तयार पार्ने भएको छ।

एकीकृत पार्टीको वैचारिक–राजनीतिक कार्यदिशा र शीर्ष नेतृत्वको पदीय व्यवस्थापनमा पार्टी एकता प्रक्रिया अल्झिएपछि दुई अध्यक्षबीच पटक–पटक कुराकानी भइरहेको छ ।

बैठकले पार्टी एकताको संगठनात्मक र सैद्धान्तिक विषयमा गृहकार्य गर्न कार्यदल गठनको निर्णय गर्न सक्ने बताइएको छ । यसअघिको एकता संयोजन समितिको बैठकमा दुई अध्यक्षबीचको थप गृहकार्यपछि कार्यदल बनाउने सहमति भएको थियो ।

Share