राशि अनुसार फरक-फरक यौन चाहना र अनुभूति

राशि अनुसार फरक-फरक यौन चाहना र अनुभूति

काठमाडौ । राशि अनुसार पनि यौन चाहनाहरु फरक फरक हुने गर्दछ । अर्कोतर्फ हरेक मानिसको स्वभाव र रुची फरक फरक हुन्छ । मानिसले आफ्नो रुची अनुसार व्यवहार पनि भिन्न खालको देखाइरहेको हुन्छ । कसैलाई गुलावको फूल मन पर्छ त कसैलाई गुराँस । कुनै व्यक्ति गुलियोको पारखी हुन्छन् भने कोही अमिलो वा नुनिलोको । मानिसलाई स्वस्थ्य रहन यौन जीवनको पनि त्यत्तिकै महत्वपूर्ण भूमिका हुने गरेको छ। मानसिक र शारिरीक रुपमा स्वस्थ्य रहन पनि यौन जीवन आवश्यक हुने मनोपरामर्शदाताहरुको दाबी छ ।

त्यसको अलावा यौनको मामलामा पनि मानिसहरुमा फरक फरक गुण र व्यवहार हुन्छ । कसैलाई यौन सम्बन्ध राख्दा सादा तरिका मन पर्छ भने कसैलाई विभिन्न तरिका। कुनै जोडीलाई कामुक कुराकानी मन पर्छ भने कसैलाई एक अर्कालाई हेरे मात्र पनि पुग्छ । यौन जीवनमा स्वास्थ्यको महत्व जस्तै ज्योषिशास्त्रका अनुसार पनि यौनिक व्यवहार फरक हुनको कारण राशी हो । राशी अनुसार यौन चाहना तथा फरक कुराको बारेमा तपाईलाई पनि खुल्दुली लाग्न सक्छ । हेरौ कुन राशिका मानिसको यौन चाहना कस्तो हुन्छ ?

मेष :-  मेष राशि भएका मानिसहरु छिट्टै आवेगमा आउँछन् । मेष राशिका मानिसमा कामुकता अत्याधिक हुन्छ । तर, लामो समयसम्म यौन सम्बन्ध राखिरहन भने उनीहरु मन पराउँदैनन् । यो राशिका मानिसहरु कम समयमा धेरै यौनिक आनन्द लिनेमा विश्वास गर्छन् । यौन सम्बन्ध राख्ने बेलामा उनीहरु आतुर हुन्छन् ।

वृष :-  वृष राशिलाई चुम्बन गर्न मन पर्छ । वृष राशिका व्यक्ति धैर्यवान हुन्छन् । यिनीहरु आवेशमा आउँदैनन् । चुम्बन यिनीहरुलाई निकै मन पर्छ। वृष राशि भएकाहरुलाई यौन सम्बन्ध लामो बनाउने चाहना र एक अर्कालाई माया गर्नु पर्ने चाहन्छन् । यिनीहरुलाई यौन सम्बन्धका लागि पहल गरेको मन पर्छ ।

मिथुन :-  मिथुन राशिलाई प्रेमलाभ मनपर्छ । यो राशिको स्वामी बुध हो । त्यसै कारण कामुक भावना प्रवल हुन्छ । यौनका लागि यिनीहरु पनि निक्कै आतुर हुन्छन्। यौनका लागि यिनीहरु चाँडै नै तयार हुन्छन् । यौन सम्बन्ध जारी रहेको बेलामा यिनीहरुलाई प्रेमलाप गरेको मन पर्छ। आफ्नो पार्टनरको सन्तुष्टिप्रति यिनीहरु सधैं सजग रहन्छन् ।

कर्कट :-  कर्कट राशि भएकाहरु प्रेममा उत्साहित हुन्छन् । यो राशिका भावुक र मानसिक रुपमा संवेदनशील हुन्छन् । यिनीहरुको यही स्वभावका कारण यौन आनन्द लिन सक्दैनन् । यिनीहरु आफ्नो पार्टनरको भन्दा आफ्नो खुशीलाई बढी महत्व दिन्छन् । यो राशिका मानिसहरु प्रेमको आनन्द लिन जान्दैनन् र जीवनमा केही कुराको कमि महशुस भइरहन्छ ।

सिंह :- सिंह राशिले पर्खिरहने पार्टनरको इशारा हो । यो राशिका व्यक्ति स्थिर स्वभावका हुन्छन् । यिनीहरुको भावना सहजै व्याप्त हुँदैन । तर इशाराको पर्खाइमा भने हुन्छन्। यौन सम्बन्धको समस्यामा यिनीहरु निक्कै जोश सहित प्रस्तुत हुन्छन् । जोशले गर्दा पार्टनरको भावना भने त्यत्ति बुझ्दैनन्।

कन्या :-  कन्या राशिमा यौनप्रति विशेष रुची हुन्छ । यो राशिका मानिस केही लाज मान्ने स्वभावका हुन्छन् । यिनीहरुले प्रेमी प्रेमिका वा पति पत्निसँग प्रेम व्यक्त गरिहाल्दैनन्। यद्धपि चासो भने निक्कै धेरै हुन्छ । यो राशिका मानिस यौन सम्बन्धको बेला समय वर्वाद गर्दैनन्। प्रेमप्रति भने पूरै इमान्दार हुन्छन्। तर मुडी स्वभाव भने हुन्छ ।

तुला :-  तुला राशिका मानिसमा सम्बन्ध बढाउन चाहना हुन्छ । यो राशिका व्यक्ति आफ्नो पार्टनरको खुशीमा ध्यान दिन्छन् । प्रेम सम्बन्धका लागि दवाव पनि दिँदैनन्। साथीको इच्छा अनुसार तयार हुन्छन् । तुला राशिको स्वामी शुक्र भएका कारण यिनीहरुप्रति मानिस आकर्षित भइहाल्छन्। यिनीहरुलाई यौनक्रिडाको समयमा कुराकानी गर्न मन पर्छ ।

वृश्चिक :-  वृश्चिक राशिमा कामुक भावना प्रवल हुन्छ । वृश्चिक राशिको स्वामी मंगल भएका कारण यो राशि भएका मानिसमा कामुकता बढी हुन्छ। यिनीहरु अति उत्साहका कारण पार्टनरलाई भने केही कठिनाई महशुस हुन्छ । प्रेमका कुरामा यिनीहरु भावुक हुन्छन् ।

धनु :-  धनु राशि भएकाहरु जतिबेला पनि यौनका लागि तयार हुन्छन् । यो राशि भएका मानिसको विशेषता के हो भने यिनीहरु जतिबेला पनि यौन र प्रेमका लागि तयार हुन्छन्। यिनीहरुलाई यौन क्रिडाको समयमा चुम्बन गर्न र अरु क्रियाकलाप गर्न मन पराउँछ ।

मकर : – मकर राशि भएकालाई चुम्बन गर्न मन पर्छ । यो राशिका मानिस प्रेम सम्बन्धका विषयमा गम्भीर हुन्छन् । यिनीहरु साथीप्रति समर्पित हुन्छन्। प्रेममा विश्वास गर्न लायक राशि मानिन्छ मकर । यिनीहरुलाई यौनक्रिडाको समयमा चुम्बन गर्न अत्याधिक मन पर्छ । तर पार्टनरको सन्तुष्टिप्रति कम सचेत हुन्छन् ।

कुम्भ :-  कुम्भ राशिलाई प्रेममा नयाँ नयाँ प्रयोग गर्न मन पर्छ । यो राशि भएकाहरु यौन क्रिडाका लागि अति नै उत्साहित हुन्छन् । यसमा नयाँ नयाँ आसन र शैलीका प्रयोग गर्न उनीहरु लालायित हुन्छन् । यौन क्रिडा गरीरहँदा अन्य कुरा गर्न उनीहरु मन पराउँदैनन् । आफ्नो पार्टनरलाई खुशी पार्न उनीहरुको ध्यान केन्द्रीत हुन्छ ।

मीन :- मीन राशिको सम्बन्ध सुखद र आनन्दायक हुन्छ । यो राशिका व्यक्तिमा भावनाको प्रवलता हुन्छ । पार्टनरको भावना बुझेर सन्तुष्टिमा ध्यान दिन्छन्। यिनीहरु पनि यौन चाहना अत्याधिक हुन्छ । कुम्भ राशि जस्तै नयाँ नयाँ प्रयोग गर्न मन पराउँछन् ।

Share