आर्थिक अभावले अस्पतालबाटै घर फर्काइयो आयुशलाई

आर्थिक अभावले अस्पतालबाटै घर फर्काइयो आयुशलाई

– मनिषा राई
रोल्पा माघ २५ । पुर्वी रोल्पाको सुवर्णवती गाउँपालिका पञ्किोट घोडागाउँमा आगोले जलेको बालकलाई आर्थिक अभावका कारण उपचार नगराई फर्काइएको छ।

अनुहार र शरीरमा आगोले पोलेको घाउँ निको नहुँदै बुवा नरेन्द्र पुनमगर र आमा पूर्णिमा पुनमगरको ४ वर्षिय छोरा आयुश पुनमगरले आर्थिक अभावका कारण उपचार पाउन नसकेको हो ।

गत माघ १३ गते भएको आगलागीमा परि आयुुशको अनुहार र शरिर जलेको थियो । उनको उपचारको लागि पहिला लुम्वीनी अञ्चल अस्पताल बुटवल लगियो । त्यसमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज भैरहवामा, फेरी डाक्टरको सल्लाहले मिशन अस्पताल तानसेन पाल्पामा लगेको आयुशकी आमा पूर्णिमा पुनमगरले बताइन् ।

आयुश पुनमगरका बुवा नरेन्द्र पुनमगरले धेरै स्थानमा लैजादा पनि उपचार हुन नसक्दा र खर्च अभाव भएपछि फिर्ता ल्याउन आफू बाध्य भएको बताए।

घरमा उपचार गर्दा निकै समस्या रहेको आयुशका आमा पूर्णिमा पुनमगरले बताइन् । उपचारको लागि कतैबाट पनि सहयोग नभएको आफू गरिव भएकोले आर्थिक श्रोत नभएकाले उपचार गराउँनुको साटो फर्काएर ल्याउन बाध्य भउको पुनमगरले बताए ।

Share