राष्ट्रिय सभाको निर्वाचन सम्पन्न

राष्ट्रिय सभाको निर्वाचन सम्पन्न

काठमाडौ । ७ प्रदेश मध्ये ६ वटा प्रदेशमा बुधवार राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको छ । प्रदेश २ मा भने ८ वटै पदका सदस्य यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् ।

प्रदेश नम्बर १, ३ र ६ मा शतप्रतिशत मतदान भएको छ । प्रदेश ४ मा कूल २ सय ३० मध्ये प्रदेशसभामा निर्वाचित सांसद दिपक मनाङे भनिने राजिब गुरुङ बाहेक सबैले मतदान गरेका छन् ।

यस्तै कुल ३ सय ५ जना मतदाता रहेको प्रदेश ५ मा फोरमबाट निर्वाचित बिना पन्त र अहमद साह मतदानमा सहभागी भएन । प्रदेश नम्बर ७ मा राष्ट्रिय जनता पार्टी नेपालका दुई जना सांसद मतदानमा सहभागी नभएको निर्वाचन आयोगले जनाएको छ ।

कैलालीबाट निर्वाचित कृष्ण कुमार चौधरी र मालती राना थारुले मतदान नगरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान सकिए लगतै मत गणना पनि शुरु भएको छ ।

Share