२५ वृद्धाहरुलाई महालक्ष्मी विकास बैंकको सहयोग

२५ वृद्धाहरुलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौ । महालक्ष्मी बिकास बैंक लि. महाराजगंज शाखाले मंगलबार बुढानिलकण्ठ नगरपालिकास्थित तपस्थली वृद्धाश्रमलाई करिब रु. ३०,०००।– बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ ।

कार्यक्रममा महाराजगंज शाखाका शाखा प्रबन्धक दिभा राणाले तपस्थली वृद्धाश्रमका वृद्धाहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो।

तपस्थली वृद्धाश्रमले विभिन्न क्षेत्रका आफ्ना घरपरिवारबाट अवहेलित ६० देखि ९७ वर्ष सम्मका २५ वृद्धाहरुलाई आश्रय प्रदान गरिरहेको छ।

मंगलवारका दिन यसरी २५ वृद्धाहरुलाई महालक्ष्मी विकास बैँकले गरेको सहयोगप्रति आश्रमका वृद्धाहरु लगाएत आश्रमका सम्पूर्ण परिवारले प्रशंसाकासाथ खुशी ब्यक्त गरेका थिए।

सामाजिक कार्यमा अग्रणी अभियन्ताको रुपमा प्रभाव बढाउँदै आएका यस बैंकले आगामी दिनहरुमा अझ तीव्रताकासाथ कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ।

Share