वचनको पक्का सांसद राजभण्डारीले पूरा गरेरै छाडे

वचनको पक्का सांसद राजभण्डारीले पूरा गरेरै छाडे

– भोजराज कार्की
सोलुखुम्बु ।  सोलुखुम्बुवाट निर्वाचित सांसद बुद्धिकुमार राजभण्डारी प्रदेश सभाको पहिलो बैठकमा शेर्पा पोशाकमा सहभागी भएर निर्वाचनमा गरेको पहिलो प्रतिबद्धता पूरा गरेका छन् ।

प्रदेश सभा (ख) वाट विजयी भएका सांसद राजभण्डारीले चुनाब प्रचारका क्रममा गरेको प्रतिबद्धता अनुरुप शेर्पा पोशाक (छुवा) लगाएर बैठकमा सहभागी भएका हुन्।

टेलिफोन वार्तामा भने, “हिमाली जिल्ला सोलुखुम्बुमा शेर्पा जातिको बाहुल्यता छ, उनीहरुकै मतले म बिजयी हुन सफल भएको हुँ, त्यसैले उनीहरुको सम्मानका निम्ती शेर्पा पोशाकमा प्रदेश सभाको बैठकमा सहभागी भएको हो ।”

सबै जातजातीप्रति आफ्नो समान दृष्टिकोण रहेको भन्दै राजभण्डारीले जातीय सद्भाव अझ मजबुत बनाउन जोड दिन्छु, सांसद राजभण्डारीले भने, “आफूले चुनावको समयमा गरेको एउटा प्रतिबद्धता पूरा गरें, अब जनभावना अनुसार निर्वाचनमा गरेको प्रतिबद्धता क्रमैसंग पूरा गर्छु।”

चुनाबी प्रचारका दौरानमा आफूले गरेका सबै प्रतिबद्धताहरु प्राथमिकताकासाथ पुरा गर्ने भन्दै उनले नेपाललाई विश्वमा चिनाउन शेर्पाहरुको भूमिका महत्वपूर्ण रहेको दाबी गर्छु, उनले भने, “सगरमाथाले विश्वमा नेपाललाई चिनाएको छ, भने सगरमाथा चढ्नको लागि शेर्पा समुदायको महत्वपूर्ण भूमिका हुन्छ ।”

सोलुखुम्बु जिल्लामा बसोबास गर्ने ११ जाती मध्ये सम्भव रहेसम्म सबै जातजातीको पोषाक लगाएर बैठकमा सहभागी हुन्छु, उनले भने, “दोस्रो बैठकमा खालिङको फ्याङ्गा लगाएर जान्छु, यसैगरि सबै जातीको पोषाकमा प्रस्तुत हुन्छ र अन्तिममा नेवार समुदायको पनि पोषाक लगाउँछु।”

जातजातीको बाहुल्यता रहेको सोलुखुम्बुमा आफूलाई जनताले विश्वास गरेर जिताएको भन्दै विकास गर्न प्रतिबद्ध भएर काम गर्ने सांसद राजभण्डारीको भनाई छ।

सगरमाथाको जिल्ला सोलुखुम्बुको शिर सधै सगरमाथाको शिर जस्तै उच्च हुने राख्ने गरी काम गर्ने उनको प्रतिबद्धता छ ।

Share