आधुनिक क्योमराबाट बाघ गणना

आधुनिक क्योमराबाट बाघ गणना

काठमाडौ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मंगलवारदेखि बाघ गणना शुरु भएको छ । क्यामेरा ट्रयापिङ विधिबाट मंगलवारदेखि शुक्लाफाँटामा बाघ गणना सुरु गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सुचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिए।

निकुञ्जले राष्ट्रिय बाघ गणना २०१८ अनुसार बाघ गणना गर्न लागेको हो । शुक्लाफाँटा–लालझाडी–जोगबुढा, मध्यवर्ती क्षेत्र, ब्रहमदेव लालझाडी जैविकमार्ग करिडोर तथा आसपासका क्षेत्रलाई ब्लक १ मा राखी क्यामेरा ट्रयापिङ प्रविधिबाट बाघ गणना हुने निकुञ्जले जनाएको छ।

बाघ गणना २२ दिनमा सक्ने गरी ११ समुहमा ९० जनाको जनशक्ति परिचालन गरिएको छ । क्यामेरामा कैद भएका बाघका फोटोलाई विश्लेषण गर्दै वैशाखमा प्रारम्भिक परिणाम सार्वजनिक गरिने निकुञ्जले जनाएको छ ।

निकुञ्जको ५५ सय किलोमिटर क्षेत्रमा बाघ गणना गर्नेछ । सन् १९६० मा बाघको पञ्जाको छापका आधारमा गणना गरिदैँ आएकोमा पछिल्ला वर्षमा आधुनिक क्योमराबाट गणना भैरहेको छ ।

Share