प्रधानन्यायाधीश पक्राउ

प्रधानन्यायाधीश पक्राउ

संकटकाल घोषणापछि सरकारले माल्दिभ्सका प्रधानन्यायाधीशलाई पक्राउ गरेको छ । प्रधानन्यायाधीश अब्दुल्ला सइद र अर्का न्यायाधीश अली हामिदलाई सरकारले संकटकाल घोषणाको केही घण्टापछि पक्राउ गरेको हो ।

प्रधानन्यायाधीशलाइ के आरोपमा समातिएको र कहाँ राखिएको छ भन्ने बारे कुनै विस्तृत विवरण नदिइएको अन्तर्राष्ट्रिय संञ्चारमाध्यमले जनाएका छन्।

राजनीतिक बन्दी रिहा गर्ने सर्वोच्च अदालतको आदेश राष्ट्रपति अब्दुल्ला यामिनले अस्वीकार गरेपछि माल्दिभ्समा राजनीतिक संकट गहिरिएको हो।

गएको शुक्रबार सर्वोच्चले पूर्वराष्ट्रपति मोहम्मद नासिद र विपक्षी दलका नेतालाई रिहा गर्न आदेश दिएको थियो । तर राष्ट्रपति यामिनले सर्वोच्चको आदेश पालना नगर्न सुरक्षाकर्मीलाई निर्देशन दिएपछि तनाव बढेको हो ।

अदालतको आदेश कार्यान्वयन गर्छु भन्ने प्रहरी प्रमुखलाई पनि राष्ट्रपति यामिनले पदबाट बर्खास्त गरिदिएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति यामिनले हिजो बेलुकी संसद निलम्बन गर्दै १५ दिनका लागि संकटकाल घोषणा गरेको हो ।

Share