आधा बोतल रक्सी पिएपछि पहिलो चोटि किस्

आधा बोतल रक्सी पिएपछि पहिलो चोटि किस्

काठमाडौ । वलिउड अभिनेत्री राखी सावन्तले पहिलो चोटि किस् सिन् दिँदाको अनुभव शेयर गरेकी छिन् । उनले भनेकी छिन् कि, ‘पहिलो चोटि किस् सिन् दिँदा म निकै डराएकी थिएँ, किनभने मलाई किसको अनुभव थिएन ।

अभिनेत्री सावन्त भन्छिन्, ‘त्यतिवेला म यतिसम्म नर्भस भएँ कि, आधा बोतल रक्सी पिएपछि मात्रै किस सिन दिन सकेकी थिएँ ।’ आफूले किस सिनमा अभिनय गर्न नमान्दा निर्माता, निर्देशकले आफूहरूले सिकाउने बताएको समेत उनले खुलासा गरिन् ।

कामभन्दा चर्चाको लागि जे पनि गर्न र गराउन तयार बलिउड आइटम् स्टार अभिनेत्री राखी सावन्त बोल्ड फोटो, सिन तथा बयानका कारण चर्चामा आइरहने गर्दछिन्। यतिखेर राखी बलिउडका गायक मिका सिंहले जबर्जस्त गरेको टङ्किसको कुरा गरेर फेरि चर्चामा आएकी छिन् ।

आइटम् स्टार अभिनेत्री सावन्तको जन्मदिनको पार्टीमा सन् २००७ मा गायक मिका सिंहले राखीलाई जबर्जस्ती ‘लिपलक किस’ गरेका थिए। त्यो चुम्बनको घटनाले उनीहरू दुवै समाचारमा छाएका थिए ।

राखीलाई मिकाले चुम्बन गर्दा असहज महशुस गरेकी थिइन् । त्यो घटना निकै विवादित नभएको पनि होइन । हालै एउटा फिल्ममा चुम्बन दृश्य दिनु पर्दा राखीले ११ वर्ष अघिको मिका सिंहवाला किसको याद गरेर फेरि तहल्का मच्चाएकी छिन् ।

राखीले आफूलाई चुम्बन दृश्यमा अभिनय गर्न निकै असहज भएको बताउँदै भनेकी छिन्, ‘मलाई पहिलाको घटनाको याद आयो । त्यसैले मलाई निकै डर लाग्यो। मैले बिर्सिएँ कि म क्यामेराको अगाडि अभिनय गर्दैछु । मलाई त्यो चुम्बन दृश्य वास्तविक जस्तै लाग्यो । कसैले मलाई जबर्जस्ती चुम्बन गर्दैछ, म चुपचाप सहिरहे जस्तो लाग्यो । त्यसैले मैले ५५ टेक खाएँ ।’

उक्त दृश्य ओके हुन ५५ पटक रि-टेक गर्नु पर्दा निर्देशक पनि आजित भएको राखी आफैँले बताएकी छन् । ‘म बाट चुम्बन दृश्य दिने काम सहज भएन, म आफैँलाई अप्ठ्यारो लाग्यो।’ भारतीय मिडियाले उनको भनाई उद्धृत गरेको छ ।

Share