नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय एक्स्पो काठमाडौमा

नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय एक्स्पो काठमाडौमा

काठमाडौ । मिडिया स्पेस सोलुशन्स प्रा. लि. र Futurex Trade Fair & Events Pvt. Ltd. को संयुक्त रुपमा नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०१८ आयोजना गर्दैछ ।

नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय एक्पोले चौथो प्रदर्शनी यही माघ २६, २७ र २८ गते काठमाडौको भृकृटीमण्डपमा आयोजना गर्न लागेको हो।

तीन दिने प्रदर्शनीमा विभिन्न देशका २२० भन्दा बढी निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसाय र काष्ठकला व्यवसायसंग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराइने छ ।

त्यस्तैगरी नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी विगत ३ वर्षदेखि कोसेढुङ्गा सावित हुदै आएको छ भने अन्तराष्ट्रिय प्रदर्शनीमा Heavy Equipment/Pre-Fabricated House हरुको पनि उल्लेखनीय सहभागिता रहने आयोजकले वताए ।

यस अन्तराष्ट्रिय प्रदर्शनी २०१८ का आयोजक मिडिया स्पेस सोलुसन्स प्रा. लि. र Futurex Trade Fair & Events Pvt. Ltd., रहने छ भने सह-प्रायोजकमा महिन्द्रा तथा निप्पोन पेन्ट रहने छन् ।

त्यस्तै प्रदर्शनीका सहयोगी संस्थाहरु क्रमशः Nepal Engineers’ Association (NEA), Society of Consulting Architectural & Engineering Firms (SCAEF), Society of Nepalese Architects (SONA), Federation of Contractors Association of Nepal (FCAN), Federation of Furniture and Finishing Entrepreneurs Association (FFFEA), Nepal Land and Housing Developers Association (NLHDA), Nepal Plywood Manufacturers Association (NPMA), Regional and Urban Planners Society of Nepal (RUPSON), Federation of Heavy Equipment Entrepreneurs Association of Nepal (FHEAN) tyf Confederation of Indian Industry (CII) रहने छ ।

आयोजित अन्तराष्ट्रिय प्रदर्शनी २०१८ मा घर बनाउन चाहने व्यतिm, आमनागरिक बाहेक निर्माण तथा काष्ठकला क्षेत्रमा काम गरिरहेका नेपालका ख्यातीप्राप्त आर्कीटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टर्स, विल्डर्स तथा इन्टेरियर्स डिजाइनरहरुको सहभागिता रहने छ ।

नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०१८ ले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरणमा टेवा पु¥याउने आयोजकहरुको दाबी छ ।

प्रदर्शनीको मूल उद्देश्य भनेको निर्माण तथा काष्ठकला क्षेत्रको नयाँ सामाग्री तथा प्रविधिहरुलाई बिदेशी संस्थाहरुको सामु चिनाउनु हो भने विदेशका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलैसँग उपलब्ध गराउन हो ।

Share