आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना निर्माण

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना निर्माण

काठमाडौ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पर्यटन प्रबद्र्धनका लागि ५ बर्षे रणनैतिक योजना निर्माण गरिएको छ।

गाउँपालिकाको आर्थिक सहयोग र संस्कृति तथा पर्यटन विकास केन्द्रको आयोजनामा ३ दिने कार्यशाला मार्फत योजना निर्माण गरिएको हो।

कार्यशालामा गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्र, धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकास र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य सहित योजना निर्माण गरिएको संस्कृति तथा पर्यटन विकास केन्द्रका अध्यक्ष पहल सिंह घर्तीले बताए ।

पर्यटन विज्ञ प्रकाश सुबेदी र हिमाल घिमिरे सहितको टोलीले एक हप्ता लगाएर गाउँपालिका भित्रका पर्यटकीय तथा धार्मिक ऐतिहासिक क्षेत्रको स्थलगत अध्ययन गरी ल्याएको प्रतिवेदनका आधारमा प्राथमिकतामा राखेर योजना छनौट गरिएको छ ।

Share