पहिलो प्रदेशसभाले सभामुखको चुनाव मिति तोक्यो

पहिलो प्रदेशसभाले सभामुखको चुनाव मिति तोक्यो

काठमाडौ । प्रदेश नम्बर २ मा सभामुखको चुनाव फागुन २ गते हुने भएको छ । आइतवार जनकपुरधाममा सम्पन्न पहिलो प्रदेशसभा बैठकले फागुन २ गतेका लागि सभामुखको निर्वाचनको मिति तोकेको हो ।

प्रदेशसभाको दोस्रो बैठक माघ २९ गते बस्नेछ । बैठकमा बोल्दै नेताहरुले प्रदेश २ लाई सम्मृद्ध बनाई मधेशमा रहेको अशिक्षा र गरिबी अन्त्य गर्नु पर्नेमा जोड दिएका छन्।

यसैबीच प्रदेश नम्बर दुईमा एमालेभित्र दुई गुट देखिएको छ । पहिलो बैठकमा दुई फरक गुटको प्रतिनिधित्व गर्दै दुई जना एमाले सांसदले सम्बोधन गरेका थिए।

तेस्रो ठूलो दल एमालेका सत्यनारायण मण्डल र एमालेकै शत्रुघ्न महतोले सम्बोधन गरे भने पार्टी भित्रको गुटका कारण दलले पाएको १० मिनेट आधा–आधा गरेर दुई सांसदले बोलेका थिए ।

मण्डल एमालेभित्र अध्यक्ष केपी ओली र महतो माधव कुमार नेपाल पक्षका नेता हुन् ।

Share