कठार गाउँमा सामुदायिक होमस्टे सञ्चालन

कठार गाउँमा सामुदायिक होमस्टे सञ्चालन

काठमाडौ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० कठार गाउँमा आदिवासी समुदायको प्रयासमा सामुदायिक होमस्टे (घरवास) सञ्चालन गरिएको छ।

थारु, दराई, मुसहर, तामाङ, गुरुङको संयुक्त प्रयासमा १५ वटा सामुदायिक होमस्टे सञ्चालन गरिएको आदिवासी मध्येवर्ती सामुदायिक होमस्टे कठारका अध्यक्ष रामेश्वर चौधरी (डेविट)ले जानकारी दिए ।

समुदायको आफ्नै लगानीमा सञ्चालित होमस्टेमा स्थानीयलाई समेत शेयर वितरण गरिएको छ ।

Share