प्रादेशिक राजधानी विरगञ्जमा हुनु पर्ने, स्थिति तनावग्रस्त

प्रादेशिक राजधानी विरगञ्जमा हुनु पर्ने, स्थिति तनावग्रस्त

काठमाडौ । प्रदेश नम्वर २ को राजधानी माग्दै आज आह्वान गरिएको वीरगञ्ज बन्दका कारण जनजीवन प्रभावित भएको छ । प्रदेश नम्वर २ को राजधानी जनकपुरमा तोकिएपछि त्यसको विरोध गर्दै वीरगञ्ज राजधानी संघर्ष समितिले बन्द आब्हान गरेको हो ।

बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दकर्ताले विआर ०५ पीए ३०४० नम्बरको भारतीय गाडी र दुईवटा निजी कारमा तोडफोड गरेका हुन् ।

संघर्ष समितिका सह–संयोजक राजकुमार गुप्ताको नेतृत्वमा बन्दकर्ताले वीरगञ्जको घण्टाघर, माईस्थान, आदर्शनगर, मुर्लीचोक, प्रतिमा चोक, बहुअरी लगायत क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् ।

बन्दका कारण यातायात, शिक्षण संस्था, कलकारखाना, बजार पूर्ण रुपमा ठप्प छन् । एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सवारी साधनलाई भने सञ्चालनमा रोक लगाईएको छैन ।

Share