लिटिल फ्लावर प्रिमियर लिग दोश्रो सस्करणको खेल फागुनमा

लिटिल फ्लावर प्रिमियर लिग दोश्रो सस्करणको खेल फागुनमा

कैलाली । राष्ट्रिय स्कूल स्तरीय लिटिल फ्लावर प्रिमियर लिगको दोश्रो सँस्करण धनगढीमा फागुन १८ गतेदेखि हुने भएको छ ।  आयोजक लिटिल फ्लावर ईङिलस बोर्डिङ स्कूलले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो ।

देशभरीबाट १२ टिमले सहभागिता जनाउने प्रतियोगितामा १ लाख ५ हजार भन्दा बढीको पुरष्कार प्रदान गरिने प्रतियोगिताका संयोजक कलेन्द्र शाहीले बताए। प्रतियोगिताको विजेताले ५० हजार, उप विजेताले २५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरीने छ ।

यस्तै म्यान अफ दी सिरिजलाई ५ हजार र विभिन्न चार विधाका उत्कृष्ट खेलाडीलाई २/२ हजार प्रदान गरिने आयोजक लिटिल फ्लावर ईङिलस बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल तथा प्रतियोगिताका निर्देशक रामचन्द्र शाहीले बताए ।

निर्देशक रामचन्द्र शाहीका अनुसार प्रतियोगितामा कैलाली सहित काठमाडौ, बाँके र कञ्चनपुरका टिमहरुको पनि सहभागिता रहने बताए। प्रतियोगिताका टिमहरुले ५ जना खेलाडी विद्यालय बाहिरका १९ बर्ष मुनीका खेलाडी पनि छान्न पाउने छन् । यस्तै प्रतियोगिताका लागि प्रायोजक पनि खोजी भईरहेको छ।

मूख्य प्रायोजक काठमाडौको निष्ट कलेज रहेको छ भने गुरुकुल एकेडेमी र नेगी ट्रेड एण्ड सप्लायर्स पनि प्रायोजकमा रहेका छन् ।  धनगढीले क्रिकेटमा राष्ट्रिय पहिचान बनाईरहेका बेला विद्यालय स्तरबाटै खेलाडी उत्पादनमा जोड दिन प्रतियोगीता आयोजना गर्न लागिएको प्रतियोगिताका निर्देशक शाहीले बताए।

खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

Share