सेना द्धारा स्वास्थ्य शिबिर सञ्चालन

सेना द्धारा स्वास्थ्य शिबिर सञ्चालन

डोटी । डोटीमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । जिल्लाको पुर्बिचौकी गाउपालिका २ बगलेगमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य सिबिर सञ्चालन गरेको छ ।

डोटीको जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ रहेको नेपाली सेनाको रुद्रध्वज गणले उक्त एक दिने निःशुल्क स्वास्थ्य सिविर सञ्चालन गरेको हो।

डोटेली जनतालाई रोग पिडा नहोस् र बिरामी परेर गाउँघरका थला परेका बृद्धबृद्धा तथा अशक्त केटाकेटीहरुलाई घरैमा उपचारहोस् भन्ने उदेश्यले सेनाले स्वास्थ्य सिबिर सञ्चालन गरेको सुदूरपश्चिम पृतना दीपायल राजपुर ब्यारेकका पृतनापती उपरथी झंकरबहादुर कडायतले बताए ।

कठायत्ले भने ‘सेना र जनताको विचको सम्बन्ध माछा र पानीको होस् र हाम्रो सानो सहयोगले जनता खुशी हुनुका साथै हाम्रो सम्बन्ध अझ गाढा र प्रगाढ होस् भन्ने उदेश्य हो, खास गरी भन्नु पर्दा यो सेवा जनताका लागि हाम्रो चिनो होस भन्ने हो।’

डोटेली स्थानीयबासीमा प्रफुल्लित्

सेनाले आफनै घर आगनमा निःशुल्क स्वास्थ्य सिविर सञ्चालन गरेपछि आफूलगयत अन्य स्थानियहरु सेनाप्रति निकै खुशी भएको सो सिविरमा उपचारका लागि आएका ९५ बर्षिय डम्मर सिंह साउँदले बताए ।

साउदले भने ‘म बृद्ध भएको मान्छे उपचार गराउन अस्पतालसम्म जान सक्ने अवस्थाको थिइँन, बिरामी परेर घरैमा बस्न बाध्य थिएँ, सेनाले मेरै घर आँगनमा आएर निःशुल्क सिविर चलायो म लगायत् धेरै बिरामी गाउँलेले निःशुल्क उपचार गर्न पाए, हामी यसैमा खुशी छौ, सेनाको सराहनीय कामको हामी सधै ऋणि हुने छौ ।’

सेनाले सञ्चालन गरेको उक्त सिविरबाट सो गाउँपालिकाका करिब ५ सय बढी बृद्ध, बृद्धा तथा महिला केटा केटीले उपचार सेवा लिएका छन् ।
यहि सिविरकै अवसरमा सो गणले उक्त गाउँपालिकाका निम्न आय स्तर, अपांग तथा दलित गरी १० घरपरिवारलाई खाद्यान्न समेत बितरण गरेका थिए।

सोही गाउँपालिकामा रहेको बाराही देबी आधारभूत बिद्यालयलाई खेलकुद सामाग्री समेत बितरण गरिएको थियो । उक्त सिबिरमा डोटीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, रुद्धध्वज गणका गणपती विश्वराज कोईराला, प्रहरी प्रमुख मधुसुदन लुईटेल लगायतका बिभिन्न कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Share