उर्लिएको छ हट मोडल तृष्णाको बैंश “बैंश मेरो” भिडियो मार्फत

उर्लिएको छ हट मोडल तृष्णाको बैंश “बैंश मेरो” भिडियो मार्फत

काठमाडौँ  । फलाम तात्तिएर आगो बने झै रापिली तापिली गायिका तथा हट मोडल तृष्णा खडकाको नयाँ गीतको म्यूजिक भिडियो “बैंश मेरो” भर्खरै मात्र युट्यूव च्यानेल मार्फत विश्वभर सार्वजनिक भएको छ।

मोडलिङ क्षेत्रबाटै गीत संगीत दुनियाँमा छिरेकी गायिका तथा मोडल तृष्णाले “बैंश मेरो” म्यूजिक भिडियोमा अचम्मकै तहल्कामय अभिनय दिएकी छिन्। भिडियो हेरेसी जो कोहीको पनि मन तुलबुल नहुने कुरै छैन ।

खहरे झै उर्लिएको मोडल खड्काको रापिलो र तापिलो अभिनयको रापमा कोमल मनरुपी मोडल कमल सिंहलाई मन थाम्न हम्मे हम्मे नै पारेको छ । त्यतिमात्र कहाँ हो र गोर्खाली व्वाइज नृत्य टीमको मनमा समेत चर्को उथलपुथल ल्याएको देखिन्छ ।

भनिन्छ बैश अन्धो हुन्छ । बैश उर्लिएपछि कस्को बाउको के नै पो लाग्दो रैछ र ? जसरी धपक्कै बलेकी तृष्णाको हिमाल जस्तो सुन्दर शरिर र सफा मनमा बैशको भूत उर्लिएको छ। जति पटक दोहोर्याएर हेरेपनि कमै महशुस हुने, कहिल्यै धीत नमर्ने ।

यसो हेर्दा मोडल तृष्णाको हिमसृङखलामा हिम पहिरो जाने व्यापक सम्भावना देखिन्छ । हिउँ पग्लिएसरी पग्लिएर सोही हिम हिमसृङखला हुदै वग्ने पवित्र हिमगंगा र हिमतालहरुमा पौडी खेल्न आतुर छन् मोडल कलम सिंह ।

“बैंश मेरो” को शब्द दिपेन्द्र खड्काले कोरेका हुन् भने संगीत भरेका छन् विकाश चौधरीले । त्यस्तैगरी  भिडियोलाई निर्देशन गरेका छन् निर्देशक शिशिर श्रेष्ठले भने मुकेश हुमागाइले छायांकन गरेका हुन् ।

जनता फिल्मस्को पोष्ट प्रोडक्शन र शिखर फिल्मसको प्रस्तुती र रहेको यस भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् भने कोरियोग्राफरमा राज र राहुल छन्।

Share