माघ २१ गते प्रदेश नम्बर-६ को पहिलो बैठक

माघ २१ गते प्रदेश नम्बर-६ को पहिलो बैठक

काठमाडौ । प्रदेश नम्बर-६ को पहिलो बैठकका लागि एजेण्डा तय भएको छ । माघ २१ गते बस्ने पहिलो बैठकमा सभामुखको निर्वाचन मिति तय गर्ने, अन्तरिम कार्यबिधि बारे छलफल गरी पारित गर्ने कार्यसूची तयार गरिएको हो ।

संसदमा ४० जना मर्यादापालक खटिने छन् । संसद् बैठकका लागि १० महिला र ३० पुरुष छनौट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
मर्यादापालकलाई आवश्यक प्रशिक्षण समेत दिन शुरु गरिएको छ । सभामुख चयन नभएकाले प्रदेशसभाका जेष्ठ सदस्य हिमबहादुर शाहीले प्रदेशसभाको पहिलो बैठक संचालन गर्नेछ।

जेष्ठ सदस्य शाहीले पहिलो बैठकका एजेण्डाहरु तय गर्न आज सर्बदलीय बैठक बोलाएको थियो । बैठकमा एमाले, माओवादी केन्द्र, कांग्रेस र राप्रपाका एक एक जना सांसदले बोल्ने कार्यसूची तय भएको बैठकमा सहभागी प्रदेश सांसद सीता नेपालीले जानकारी दिइन्।

४० सदस्यीय रहेको प्रदेश नंम्बर ६ को प्रदेशसभामा एमालेका २०, माओवादीका १३ , कांग्रेसका ६ र राप्रपाका एक जना सांसद छन्।

Share