विदेशमन्त्री स्वराजको नेपाल भ्रमण प्रशंसनीय रहेको भारत सरकारको दाबी

विदेशमन्त्री स्वराजको नेपाल भ्रमण प्रशंसनीय रहेको भारत सरकारको दाबी

काठमाडौ । भारतले विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण सफल भएको भन्दै अब बन्ने नयाँ सरकारसँग सहकार्य गर्न प्रतिक्षा गरिरहेको बताएको छ।

विदेशमन्त्री स्वराज २ दिने नेपाल भ्रमण सकेर भारत फर्किए लगत्तै भारतीय विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा नेपालमा लोकतान्त्रिक प्रकृयाबाट निर्वाचित भएर बन्न लागेको नयाँ सरकारसँग उच्च प्राथमिकताका साथ मिलेर काम गर्न तयार रहेको उल्लेख छ ।

विदेशमन्त्री स्वराजले नेपालका सबै राजनीतिक दलहरुलाई भारत सरकार दुई पक्षीय सम्बन्ध र आपसी हितलाई नयाँ र उच्चतहबाट सहकार्य गर्न तयार रहेको सन्देश दिएको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा नयाँ सरकारको प्राथमिकताका आधारमा तिब्र आर्थिक बृद्धी र विकासका लागि सहयोग गर्ने उल्लेख छ।

उच्चस्तरीय राजनीतिक भेटघाटका क्रममा भारतीय विदेशमन्त्री स्वराजले तीनै तहको सफलतापूर्वक सम्पन्न गरेकोमा सरकार र नेपाली जनतालाई बधाई दिदै नेपालको लोकतन्त्रिक रुपान्तरणका लागि कोषे ढुंगा सावित भएको भन्दै भारतीय विदेशमन्त्रालले प्रशंसा गरेको छ  ।

भारतले संविधान जारी हुँदा असहमति जनाएपछि त्यसै संविधान अनुसार भएको चुनावलाई नेपालको परिवर्तनका लागि कोषे ढुंगा भनेको छ।

Share