शुरु गर्यो क्षयरोगको प्रारम्भिक सर्वेक्षण

शुरु गर्यो क्षयरोगको प्रारम्भिक सर्वेक्षण

काठमाडौ । राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगको प्रारम्भिक सर्वेक्षण सुरु गरेको छ । सन् २०५० सम्ममा नेपाललाई क्षयरोग मुक्त बनाउने योजना अनुसार भक्तपुरको मध्यपुर थिमि–४, विष्णुविरबाट केन्द्रले सर्वेक्षण थालेको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा. केदार नरसिंह केसीले सर्वेक्षणको नतिजाले क्षयरोगको वर्तमान अवस्था, थपिने नयाँ क्षयरोगीहरुको संख्या र यसले समाजमा पारेको प्रभाव तथा यसबाट जनस्वास्थ्यमा देखा पर्ने चुनौती पहिल्याउन सकिने बताए ।

अन्तर्राष्ट्रियस्तरका विशेषज्ञहरुको टोलीले तोकेको मापदण्डको आधारमा छनोट गरिएका हिमाल, पहाड र तराई समेट्ने गरी ५५ जिल्लाका ९९ वटा क्लस्टरका करिव ५७ हजार ६ सय १० जनाको घरदैलोमा पुगी अत्याधुनिक डिजिटल प्रविधिद्धारा रोग निदान र परिक्षणको माध्यमबाट क्षयरोगको वास्तविक अवस्था आंकलन गरिने डा. केसीले जानकारी दिए ।

Share