दोस्रो किस्ताको रकम भूकम्प पीडितलाई उपलब्ध गराउने

दोस्रो किस्ताको रकम भूकम्प पीडितलाई उपलब्ध गराउने

काठमाडौ । पुस मसान्तभित्र रकम नपाएका भूकम्प पीडितले दोस्रो किस्ताको रकम पाउने भएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले माघ अन्तिममा बस्ने निर्देशक समितिको बैठकबाट निर्र्णय गरी रकम उपलब्ध गराइने जानकारी दिए।

कुराकानीमा भुसालले अनुदान रकम पाईने भएकाले घर निर्माण शुरु गर्न आग्रह गरे । उनले पीडित आफैले बनाएका भूकम्प प्रतिरोधात्मक घरको अनुदान बापतको पैसा प्राधिकरणले दिने बताए ।

जोखिम वर्गलाई घर निर्माणको लागि लगत संकलन गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले ७५ वर्ष माथिका वृद्धवद्धा ६५ वर्ष नाघेका एकल महिला, अपाङ्ग र १६ वर्ष मुनीका बालबालिकाको साहरा नभएमा आफैँ घर बनाई दिने कार्यविधी बनाई लगत संकलनको काम गरीरहेको छ।

भुषालका अनुसार अहिले ३२ जिल्लाका २ सय ८२ स्थानीय तहमा लगत संकलनको काम भएको छ । वर्तमान सरकारले बढाएको अनुदान रकम यसै आर्थिक वर्षमा पाउने संभावना भने नरहेको भुसालको भनाई छ ।

Share