४ सय ५० कि.मि.उडान निगरानी राख्ने इन रुट राडार सञ्चालनमा

४ सय ५० कि.मि.उडान निगरानी राख्ने इन रुट राडार सञ्चालनमा

काठमाडौ । ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा निर्माण गरिएको नयाँ इन रुट राडार आजदेखि औपचारिक रुपमा सन्चालनमा आएको छ ।

केहि महिनादेखि परिक्षणका रुपमा सन्चालन गरिएको राडार आज बिहानदेखि औपचारिक रुपमा सन्चालनमा आएको नागरिक उड्डयन प्राधिकरणका निर्देशक सन्जिव सिंह कठायतले जानकारी दिए ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा नयाँ राडर बनाइएको हो । पुरानो राडारबाट बढीमा ५० किलोमिटर आसपासको मात्र उडान निगरानी हुदै आएकोमा अब नयाँ राडारले ४ सय ५० किलोमिटर क्षेत्रको उडान बारे जानकारी लिन सकिने भएको प्राधिकरणका निर्देशक कठायतले जानकारी दिए ।

Share