सबै तहको खर्च पारदर्शी बनाउन कर्मचारीलाई निर्देशन

सबै तहको खर्च पारदर्शी बनाउन कर्मचारीलाई निर्देशन

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सबै तहको खर्च पारदर्शी बनाउन कर्मचारीलाई निर्देशन दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालयको हेटौँडामा नवनिर्मित भवन उद्घाटन गर्दै अख्तियार प्रमुख बस्न्यातले कर्मचारीले स्थानीय, प्रदेश र केन्द्रको अधिकार प्रयोग गर्ने भएकाले थप चनाखो हुनु पर्नेमा जोड दिएको हो ।

बस्न्यातले सिंहदरबारमा हुने अभ्यास तल्लो तहसम्म पुगेको भन्दै प्रशासनिक र विकास खर्चलाई पारदर्शी गर्नु कर्मचारी संयन्त्रको जिम्मेवारी रहने बताए।

बदलिँदो संरचना अनुसार अख्तियारलाई पनि प्रदेश संरचनामा ढाल्दै लैजाने बताउँदै अख्तियार प्रमुख बस्न्यातले अख्तियारलाई प्रविधियुक्त र पारदर्शी बनाउने काम पनि भइरहेको समेत दाबी गरे ।

Share