फर्कि हेरन हामीलाई… भिडियो सर्वत्र सार्बजनिक

फर्कि हेरन हामीलाई… भिडियो सर्वत्र सार्बजनिक

काठमाडौ । नेपाली फिल्मी क्षेत्रका अत्यन्तै होनहार अभिनेत्री शुभेच्छा थापा अभिनित फर्कि हेरन हामीलाई सेलो म्यूजिक भिडियो सार्बजनिक भएको छ।

म्यूजिक भिडियोमा नायिका शुभेच्छा थापाका साथमा ठाकुर गौचन, महेन्द्र थापा र सम्झनाले सार्है रापिलो अभिनय प्रस्तुती दिएका छन्। विहे गर्ने रहर, समय घर्की सक्नु र कुनै केटीले पनि नहेरेका कारण ठिटोहरु अत्तालिएको महशुस हुन्छ भिडियोमा ।

त्यै भएर बल्ल बल्ल देख्न पाएको ठिटीहरुलाई फर्केर हेर हामीलाई भनेर ठिटीका पछि पछि मरिमेटेर दौडिरहेका हामीले देख्न पाउँछौ । फर्कि हेरन हामीलाई  भिडियोका नायक ठाकुर गौचन र महेन्द्र थापा भने विहे गर्नमा अति नै आतुर छन् तर नायिका शुभेच्छा थापा र सम्झना विहे गर्ने अहिले वेलै भाको छैन भनेर पन्छिन खोज्दै थमथमाइरहेका छन् ।

यसरी उमेर छिप्पीएसँगै राँक्कीएर वसेका ठिटो ठिटीको विहेको सन्दर्भलाई लिएर सेलो भाकामा आधारित निर्माण गरिएको भिडियो फर्कि हेरन हामीलाई  एकदमै तगडा रहेको छ।

राजन महर्जनद्वारा निर्देशित म्यूजिक भिडियोलाई प्रेम शर्माले सम्पादन गरेका छन् । त्यस्तैगरी गीतको शब्द रचना र संगीत राजु लामाको रहेको छ भने छायांकन रामकृष्ण कँडेलले गरेका हुन् ।

Share