सुतक लाग्ने भएकाले स्वस्थानी व्रत आजै उद्यापन

सुतक लाग्ने भएकाले स्वस्थानी व्रत आजै उद्यापन

काठमाडौ । पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आजदेखि सकिदैछ । आज विहान ८ बजेर ५५ मिनेटपछि खग्रास चन्द्रग्रहणको सुतक लाग्ने भएकाले त्यसअघि नै स्वस्थानी व्रत उद्यापन गर्नु पर्ने पञ्चाङ निर्णाण्क समितिले जनाएको छ ।

मध्याह्नकालमै उद्यापन गर्न चाहनेले फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म स्वस्थानी व्रत उद्यापन गर्न सक्ने समितिले जनाएको छ।

काठमाडौँ उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत ग्रहण लाग्नुअघि विहानै समापन गरिएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष राजभाई श्रेष्ठले जानकारी दिए ।

भोलि माघ १८ गते व्रतालुलाई भोज खुवाएपछि एक महिने माधवनारायण मेला समापन हुनेछ ।

Share